महिलामाथी जबरजस्ती गर्नखोज्ने ४ जना पक्राउ

७ जेठ, चितवन । एक महिलालाई जवरजस्ती अनुचित कार्य गर्न खोजेको अभियोगमा शक्तिखोर–६ बस्ने २३ बर्षीय सुरेश चेपाङ, २१ बर्षीय पुरण आलेमगर, २० बर्षीय राजन मगर र २० बर्षीय बिन्दु वि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले जेठ ६ गते दिउँसो सोही ठाउँ बस्ने ३५ बर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जवरजस्ती अनुचित कार्य गर्न खोज्दा निज महिलाले हो–हल्ला गरेपछि छिमेकीहरु भेलाजम्मा हुँदा निजहरु भागी फरार भएका थिए ।

सो घटनाको खबर प्राप्त हुनासाथै ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी यस सम्बनधमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.