रकेटजस्तै कुद्ने साइकल !

rocket-bicycle
हतारमा कतै जानुपर्दा कसैले साइकलमा जाने सुझाव दियो भने पक्के पनि तपाईलाई रिस उठ्छ । तर, फ्रान्सका एक व्यक्तिले चलाउने खालको साइकल रकेट बेगमा कुद्छ , जसमा चढेर तपाई गाडीमा भन्दा छिटो यात्रा गर्न सक्नुुहुन्छ ।

रकेटजस्तो साइकल कुदाउने व्यक्ति हुन्, फ्रान्सका फ्राँस्वा जिसी । उनले तीन सय ३३ किलोमिटर प्रतिघन्टाका दररले साइकल कुदाएर विश्वकीर्तिमान कायम गरेका छन् । यसअघि कसैले पनि यति बेगमा साइकल कुदाउन सकेको थिएन ।  

फ्राँस्वाले साइकल कुदाउँदा पाइडल चलाउनुपरको थिएन । हाइड्रोजन परेक्साइड जडान गरिएको साइकलले पाइडल नै नमारी फ्राँस्वालाई यति बेगमा साइकल कुदाउन मद्दत गरेको थियो । फ्राँस्वाले कुदाएको साइकल उनको साथी आर्नोल्ड नेराचले डिजाइन गरेका हुन् ।
- See more at: http://www.nepaliheadlines.com/2014-11-12-03-14-02.html#sthash.ESIQyOOn.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.