क्यान्सर लागेको यसरि थाहा हुन्छ ? जान्नै पर्ने कुरा

क्यान्सरको कुरा आउँदा जो कोही तर्सन्छ तर, दुर्भाग्यले केही व्यक्ति यस प्राणघातक रोगको चपेटामा पर्छन् ।  आफूमा क्यान्सरको लक्षण पूर्ण विकसित भइसकेको सुन्दा उनीहरूमा बज्रपात हुन्छ तर, बुझ्नुपर्ने के छ भने चाँडै पत्ता लागे क्यान्सरको सफल उपचार सम्भव छ ।  त्यसैले शरीरमा क्यान्सरले सुरुको अवस्थामा देखाउने केही विशेष लक्षण बेलैमा बुझ्न सक्नुपर्छ ।  यसैमा बुद्धिमानी छ ।





१ ) थकान बढी लाग्न थाल्छ
    दिनभरको दौडधूपले लाग्ने थकानलाई सामान्यरूपमा लिनुपर्छ तर व्यस्त नहुँदा पनि धेरै       परिश्रम गरे जस्तो गरी अचानक थकान लाग्न थाल्छ भने विचार गर्नुपर्ने हुन्छ ।  एक           दिनको घटनाले मात्र होइन बारम्बार यसो हुन थाल्यो भने क्यान्सरको सम्भावना        हुनसक्छ ।  तथापि अन्य विकारले पनि शरीर थकित भएको हुन्छ ।  अमेरिकन क्यान्सर    सोसाइटीको एक प्रीतवेदनमा यसलाई ल्युकेमियाको संकेत बताइएको छ ।
२ ) हल्का ज्वरो आइरहने
      दैनिक हल्का ज्वरो आइरहने भएको छ भने विचार गर्नुपर्छ ।  विशेषगरी, ९९।८ देखि १००      डिग्री फरेन्हाइट ज्वरो आउँछ ।  यो समस्या कैयौँ अन्य संक्रमणको पनि हुनसक्छ तर,          हल्का ज्वरो आइरहने समस्या हज्किन्स डिजिज, ल्युकेमिया र नन हज्किन्स        लिम्फोमाको प्रारम्भिक संकेत पनि हुने भएकाले चिकित्सा जाँच गराउनु जरुरी छ ।
   ३ )  निल्न गाह्रो
         कुनै पनि वस्तु निल्न गाह्रो हुने सँगै ओठमा उत्पन्न हुने घाउ सामान्य समयमा निको        हुँदैन ।  घाँटी बस्ने र नियमित रहने हुन्छ ।  यसका साथै स्वर कडा हुँदै जाने, मुखमा      असामान्य रक्तस्राव र कारण थाहा नहुने गरी मुखभित्र दुख्नेलगायत पनि क्यान्सरका    प्रारम्भिक लक्षण हुन्छन् ।  यी समस्याको सम्बन्ध घाँटीको, खाने नलीको, जिब्रोको    क्यान्सरसँग हुन्छ तर, उल्लेखित लक्षण देखियो भन्दैमा क्यान्सर नै भएको छ भन्न    मिल्दैन, अन्य कारणले पनि त्यसो भएको हुनसक्छ ।
 ४ ) तौल घट्ने
कुनै व्यक्तिले आफ्नो तौल असामान्य रूपमा किन कम भएको होला भन्ने बुझ्न सक्दैन भने यसमा विचार पु¥याउनु जरुरी छ ।  आहारा कम नगरी, व्यायाम नगरी र दैनिकीमा परिवर्तन नभएको अवस्थामा शरीरिक तौल घट्न थाल्नु क्यान्सरको संकेत हुनसक्छ ।  अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसरी तौल घट्ने समस्यालाई आमाश्य, फोक्सो, खाने नली वा प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक संकेतको रूपमा बुझ्न सकिन्छ ।  तथापि तौल घट्ने समस्या अन्य खालका गम्भीर विकारको लक्षण पनि हुनसक्छ ।  उदाहरणका लागि मधुमेह ।

,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.