समर्थकले कुटेर क्लवका क्याप्टेनको ज्यान नै लिए
अर्जेन्टिनाको रियोजमा एक स्थानीय क्लवका खेलाडीलाई विपक्षी टिमका समर्थकले कुटेर मारेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार रियोजा आइमोगाष्टा लिगको खेलका क्रममा फ्रान्को एन्टोनियो निएटो नामका खेलाडीलाई विपक्षी टिमका समर्थकले मरणासन्न हुनेगरी कुटेका थिए ।
विहीबार सन फ्रान्सिस्को रंगसालमा टिरो फेडरल र च्याकरीटा जूनियर्सबीच खेल हुँद हुँदै मारामारको अवस्था उत्पन्न भएको थियो ।
मारामार र हानाहानको अवस्था आएपछि खेल निर्धारित समय भन्दा १५ मिनेट अघि नै स्थगित गर्नु परको थियो ।
टिरो फेडरल तीन एकको गोल अन्तरमा रहेको समयमा मारपिट शुरु भएपछि आठ खेलाडीलाई रेफ्रीले निलम्बन गरिदिएका थिए ।
फेडरलका कप्तान रहेका निएटो म्याच सकिएर रंगशालाबाट बाहिरिने क्रममा उनलाई विपक्षी समर्थकहरुले मरणासन्न हुने गरी पिटे ।
३३ वर्षीय निएटोलाई रियोजा शहरको वेरा ब्यारोस अस्पताल लगिएपनि उनको निधन भएको घोषणा चिकित्सकहरुले गरे ।
प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा केही ब्यक्तिलाई पक्राउ गरेको छ ।
एजेन्सी
0 comments
Write Down Your Responses