के साच्चै राजेश हमाल नाच्न जान्दैनन् ...
गीता अधिकारी ।
नेपाली चलचित्रक्षेत्रमा महानायकको नाममले चिनिने राजेश हमालको अभिनय जति जिवन्त रहेको छ, उनको नृत्य भने त्यस्तो नभएको पाइन्छ । कुनै एक समय थियो राजेश हमाल विनाको नेपाली चलचित्र देख्न समेत पाइदैन थियो ।
नेपाली चलचित्रक्षेत्रमा महानायकको नाममले चिनिने राजेश हमालको अभिनय जति जिवन्त रहेको छ, उनको नृत्य भने त्यस्तो नभएको पाइन्छ । कुनै एक समय थियो राजेश हमाल विनाको नेपाली चलचित्र देख्न समेत पाइदैन थियो ।
नेपाली दर्शकहरुले महानायकको उपाधी दिएका तिनै राजेश हमाल भने राम्रो नाच्न जान्दैनन् भन्ने आरोप विभिन्न कोरियोग्राफहरुको छ । त्यसो त भारतिय कतिपय अभिनेताहरु पनि नाच्न जादैनन भन्ने गरिन्छ । राम्रो अभिनेताका लागि के राम्रो नृत्य अनिवार्य हो, यो बहसको विषय हुन सक्छ । वलिउडका ध्रमेन्द्र देखी लिएर नयाँ पुस्ताका कतिपय अभिनेताहरुको पनि अभिनयमा जति जिवन्त छ नृत्यमा त्यस्तो भएको पाइँदैन् ।
नृत्य निर्देशक कमल राई भन्छन्– राजेश हमाल राम्रो एक्टर हो तर डान्सर होइन् । त्यो हामीले आश गर्र्नु पनि हुँदैन् । उहाँलाई नचाउन गाह्रो छ तर, उहाँको आफ्नो स्टाइल छ त्यसैलाई पोलिस गरेर टलकाउनेमात्र हो र स्टाइललाई फलो गर्ने हो । उहाँ भरस्टाइल नायक हो । त्यसो त उहाँ कै समकक्षिहरुलाई पनि नाच्न आउँदैन जस्तै भुवन केसी, शिव श्रेष्ठ लगायत । तर, उहाँहरु रोमान्टीक गीतमा फिल गरेर गहिराई सम्म जान सक्नु हुन्छ ।
गोविन्द प्रभात राजेश हमालका विषयमा यसो भन्छन्– राजेश हमाल नाच्न जान्ने अभिनेता होइन । उहाँलाई नचाउन गाह्रो छ तर, आफ्रनै शैलीमा ढालेर नाच्ने सक्ने खुबी भने छ । त्यसैको अनुसरण गरेर फ्यानहरुले क्यारिकेचर समेत गरेको पाइन्छ । आफ्नो छुट्टै पहिचान छ उहाँको ।
त्यस्तै रेनेशा राई भन्छन्– राजेश हमालको महानायकको उपाधि नै काफि छ, उहाँ सिनियर हो, वडी ल्याग्वेज, कास्टीङ, लुक्स तथा ड्रेसरमा राम्रो छ । अन्य अभिनेताहरुमा भन्दा फरक खालको छ । सिनियरमात्र नभएर आइकोन पनि हो । धर्म चलचित्रमा मैले मनिषा कोइरालासँग उहाँलाई नचाए राम्रो तारिफ पनि पाए । राजेश हमालको क्यारेकटरमा म्याच हुने खालको नृत्य गराउन सक्यो भने उहाँ राम्रो नाच्नु हुन्छ ।
0 comments
Write Down Your Responses