विजया दसमी भव्य रुपमा मनाइँदै

१७ असोज, काठमाडौं । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व पनि आज भव्य रुपमा मनाइँदैछ । आज दसैंको टीका लगाउन सवा १० बजेको समयलाई शुभ साइत माइनेको छ । सोही साइतमा मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीकको रुपमा पहेँलो जमरा लगाई मनाइँदैछ ।
Dashain-tikaआज ९:५५ मिनेटमा देवी विसर्जन गरी १०:५५ मिनेटमा टीकाको साइत खोज्नेका लागि टीका लगाउने साइत दिइएको पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिए ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग ब्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादस्ौँकै सबैभन्दा महत्वपूर्ण दिनसमेत हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वाससमेत रहिआएको छ ।
दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।
आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बुबा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूणिर्माका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/10/194000/#sthash.8kK299Op.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.