ओबामाले नेपाल आउने इच्छा व्यक्त गरे

अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपाल आउने इच्छा व्यक्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीका स्थानीय नेता हरि शर्मासँगको भेटमा ओबामाले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका  हुन्  । शर्माले ओबामालाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।

शर्मासँगै अमेरिकी राष्ट्रपति ओबामाले एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीसँग पनि अमरिकामा रहेका नेपालीहरुका सन्दर्भमा कुराकानी गरेका थिए  ।
barack-obma-wants-to-come-nepal
ओबामाले डेमोक्रेटिक नेशनल कमिटीका सदस्यहरुलाई भेट्ने क्रममा डेमोक्रेटिक नेशनल कमिटीका सदस्य समेत रहेका तिवारीले अमेरिकामा नेपालीहरुको अवस्थाबारे जानकारी दिएका हुन् । भेटमा तिवारीले अमेरिकामा झण्डै तीन लाखको हाराहारीमा नेपाली र नेपाली मुलका अमेरिकनहरु रहेको तथा अमेरिकामा नेपालीहरु ब्यापार व्यवसायतर्फ अगाडि बढिरहेको जानकारी दिए ।

 तिवारीले अमेरिकामा रहेका अधिकांश नेपालीहरु डेमोक्रेटिक धारका रहेको बताउँदा ओबामाले खुशी व्यक्त गरेका थिए । तिवारीले आफूले अर्गानिक कृषि फर्म र रेष्टुरेण्ट समेत संचालन गरिरहेको बताउँदा ओबामाले ‘तपाई आफ्नो अर्गानिक फर्म र रेष्टुरेण्टमा आउनका लागि मलाई निम्ता दिन खोज्नुभएको हो ?’ भन्दै हाँसेका थिए  । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.