बलिउडमा यस्ता घटनाहरु बेलाबेलामा घटिरहन्छन, जसकारण स्टार सेलेब्रेटीहरु समस्यामा पर्ने गरेका छन । हालै मात्र ‘बैंग बैंग’ स्टार ऋतिक रोशनलाई यस्तै आपत आइलाग्यो ।ऋतिक फिल्म ‘बैंग बैंग’को स्पेशल शो पश्चात मुम्बईको मल्टीप्लेक्सबाट बाहिरीदै थिए । त्यसबेला रातको १२ बजिसकेको थियो । कयौ फ्यानहरुको भीडले उनलाई घेरेका थिए । अचानक एक युवक पछाडिबाट ऋतिकमाथी हामफाले र उनको गर्दन अँठ्याउन थाले ।
घटना यति छिटो घट्यो कि ऋतिक र उनको बडिगार्डले बुझ्नै सकेनन कि उक्त युवक के चाहन्छन भन्ने । पछि ऋतिकको साथ केहि गलत हुनसक्ने देखिएपछि बडिगार्डले युवकलाई ऋतिकबाट छुट्टाए । युवकलाई प्रहरीको जिम्मा लगाउने तयारी गरिए पनि पुन ऋतिककै आग्रहमा युवकलाई छोडिएको थियो । उक्त युवक ऋतिकको कट्टर फ्यान भएको बताइन्छ ।
फ्यानले ऋतिकको गर्दन अँठ्याएपछि ऋतिक रोशनलाई आपत आइलाग्यो
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses