प्रेमिकाको लास अपहरण गरेर इन्टरनेटमा अपलोड

आफ्नी प्रेमिकाप्रतिको अगाध प्रेम र समर्पण सिद्ध गर्नका लागि एक युवकले भयानक काम गरेका छन् ।उनले आफ्नी प्रेमिकाको लास अपहरण गरे । यतिले मात्र पुगेन उनले आफ्नो गाडीको पछिल्लो सिटमा मृत प्रेमिकालाई राखेर खिचिएको दुबैजनाको तस्वीर  सोसल साइटमा अपलोड भयो ।सोसल साइट रेडिटमा अपलोड भएको दर्दनाक तस्वीर हंगामा नै मच्चायो ।


बोइल्ड एग्स नामबाट रेडिटमा उक्त तस्वीर अपलोड भयो । त्यसको क्याप्सनमा लेखिएको थियो, ‘क्यालिफोर्नियाका यी केटाले आफ्नी मृतक प्रेमिकाको लास चिहानघरबाट चोर्यो अनि आफ्नो सोसल मिडिया पेजमा अपलोड गर्यो ।’

उक्त तस्वीरले ठूलै तहल्का त मच्चायो तर अन्तिममा त्यो सत्य नभएको खुलासा भयो । वास्तवमा त्यो कुनै भिडियोका लागि खिचिएको दृश्य रहेछ ।गएको अगष्टमा एक फोटोग्राफरले खिचेको त्यस तस्वीरलाई उनकै साथीले अनुमति विना इन्टरनेटमा अपलोड गरिदिएछन् र त्यसलाई अरु कुनैले युवकले प्रेमिकाको लास चोरेको भनि अफवाह फैलाइदिएछ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.