साउदीमा ३७ नेपाली कामदारको शव अलपत्र

साउदी दुतावसको ढिलाइ

हेमबहादुर कार्की
काठमाडौं, असोज २६– वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका ३७ जनाको शव अलपत्र परेको जानकारीमा उल्लेख छ ।
पिडित परिवारले विगत लामो समयदेखि आफन्तको शव नेपालमा पाउन सकेका छैनन् । साउदी दुतावास, वैदेशिक रोजगार विभाग र कन्सुल विभागले चाँडो शव ल्याउन पहल नगरेका कारण लामो समयदेखि साउदीमा शव अलपत्र परेका हुन् । यसरी अलपत्र परेका शवहरुमा झापाका अम्बरहादुर कार्कीको विगत ६ महिनादेखि शव आएको छैन । त्यसैगरी मोरङकी भद्रशीला श्रेष्ठ, ऐतराज वि।क।, धादिङका सुरेश तामाङ, नवलपरासीका सञ्जय गुरुङ, धनुषाका अरुणकुमार यादव, प्रेमबहादुर थापा, धादिङका सानुकाजी खत्री, गोरखाका पूर्णबहादुर थापामगर, किरण के।सी।, सप्तरीका गोपाल चौधरी, बर्दियाका मानबहादुर पुन, सोमलाल तामाङ, लाल सिंह, हरिबहादुर थापा, दाङका हेमराज पुन मगर, अश्विनीकुमार तामाङ, मोरङका कविन्द्रकुमार साम्वाहाम्फे, अमर थापा, चितवनका मानबहादुर कुमाल, महोत्तरीका गरिबनाथ साह, झापाका रणबहादुर भट्टराई, ताप्लेजुङका गोरेबहादुर कामी, सुर्खेतका जुद्धमान रसकोटी, महोत्तरीका रमेश मण्डल, मोरङका राम मुरामा, सर्लाहीका इनरदेव महतो, सन्देश नेपाली, गुल्मीका दिलबहादुर सिंह, निलम नेम्वाङ, नुवाकोटका कृष्ण नारायण श्रेष्ठ, मोरङका रामेशकुमार चौधरी, मोरङका रामु राई, काभ्रेका दिलबहादुर घिसिङ, मोरङका मेघनाथ पयानगु, ध्रुवप्रसाद भट्टराई कास्की र भीमबहादुर तामाङ रहेका छन् ।
चाँडोभन्दा चाँडो शव नेपाल झिकाइदिन पिडित परिवारले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छन् ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.