झारफुक गर्न गएकी महिला धामीबाट बलात्कृत

विराटनगर । विवाह गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न गएकी एक महिला धामीबाट बलात्कृत भएकी छन् । उनलाई मोरङ डाँगीहाट– ४ का धामी धनबहादुर श्रेष्ठले बलात्कार गरेका हुन् । बलात्कारको अभियोगमा धामी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । उनले ‘सन्तान जन्माउने तरिका’ भन्दै झुक्याएर बलात्कार गरेको आरोप पीडितको छ । श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालाई २१ असोजमा नसालु पदार्थ खुवाएर बेहोस बनार्इ बलात्कार गरेको आरोप छ । २३ असोजमा पक्राउ परेका उनीविरुद्ध जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.