भर्खर गोरखामा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

गोरखा- गोरखाको हर्मीबाट तनहुँको डुम्रेतर्फ यात्रु लिएर जाँदै गरेको बस आँपपिपल गाविस-१ को गैरी चौतारामा दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। दसैंमा टीका थापेर फर्केका यात्रु रहेको ध१ख १८० नम्बरको मिनिबस आज बिहान सवा नौ बजे दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय जयबहादुर पराजुलीले बताए।



बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीयले बताएका छन्। सडकबाट करिब एक सय मिटर तल खसेको बसमा करिब ५० जना यात्रु रहेको दुर्घटना स्थलमा उद्धार गर्दै गरेको पराजुलीले बताए।

घाइतेको अवस्थाबारे भने अझै थाहा भएको छैन। प्रहरी घटनास्थल जाँदै गरेकाले केहीबेरमा बिस्तृत जानकारी थाहा हुने प्रहरी कार्यालयले जनाएको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.