सिरहा, असोज १९ – विखण्डनकारीको आरोपमा थुनामा रहेका सिके राउतको रिहाय माग गर्दै असोज १८ गतेदेखि गरेको मधेश बन्दको आह्वान सफल नभएपछि आजदेखि मधेश बन्दको कार्यक्रम फिर्ता लिएको छ । मुस्लिम समुदायको बकर इद पर्वलाई मध्यनजर गर्दै बन्द फिर्ता लिएको सिके राउत बचाउ अभियानले जनाएको छ । विभिन्न माग राखि आमरण अनसनमा बसेका सिके राउतले सरकारको आग्रहमा अनसन तोडेपनि राउतले राखेको विभिन्न माग पुरा गराउन मधेश बन्दको आह्वान गरेको थियो । असोज १५ गते शिक्षण अस्पतालमा गई उपचाररत राउतसँग वाक स्वतन्त्रताको ग्यारेण्टी गर्ने प्रतिवद्धता गरेपछि राउतले अनसन तोडेका थिए । तर, राउतको रिहा तथा स्वतन्त्र मधेशको माग पुरा नभएको भन्दै राउतका कार्यकर्ताले मधेश बन्दको आह्वान गरेको थियो । मधेशमा राउतको संगठन कमजोर भएको कारण आन्दोलन गर्न गाह्रो भइरहेको छ । उनका कार्यकर्ताहरु अहिले गाउँ गाउँ गएर जनतालाई रिझाउनका लागि प्रयत्नशील छन् । दशैंको अवसर पारेर बाहिरका मान्छे पनि गाउँमा भएका कारणले उनीहरु गाउँ गाउँ गएर जनतालाई आन्दोलनमा उत्रन आह्वान गरिरहेको स्रोतले जनाएको छ । तर जनता उनीहरुको कुरा मान्न तयार छैन । विगतमा आन्दोलन गरेर हामीले हेरिसकेका छौँ, हाम्रा छोरा, नातीले सहादत प्राप्त गरेका छन् तर त्यसको कुनै उपलब्धि नभएको कारणले अब कसैले भन्दैमा आन्दोलन हुँदैन, सिरहा सन्हैठाका रामसुफल यादवले भने । अहिलेसम्म सिके राउतको आन्दोलन जेपी गुप्ता अध्यक्ष रहेको तराई मधेश राष्ट्रिय अभियानको कार्यकर्ताले धानेका छन् । सानोतिनो भएपनि गुप्ताले प्रत्येक जिल्लामा आफ्नो संगठन बनाएका छन् । प्रत्येक जिल्लामा उनका कार्यकर्ताहरु छन् । सोही कार्यकर्ताको माध्यमले राउतको बाहानामा मधेशमा आन्दोलन गर्न सोचमा गुप्ता रहेका छन् । राउत थुनामा रहेसम्म मधेशमा कुनै नकुनै रुपमा आन्दोलन होस् भने चाहनाका साथ उनले आफ्ना कार्यकर्तालाई आन्दोलनमा जाने भनेको अभियानसम्बद्ध एक स्रोतले जनाएको छ । कतिपय जिल्लामा त गुप्ताका कार्यकर्ताले आन्दोलन समितिका अध्यक्ष नै रहेको बताइन्छ । स्रोतका अनुसार धनुषा जिल्लाका अभियानका कार्यकर्ता मधेशानन्द सिके राउत रिहायका लागि गठन भएको आन्दोलन समितिका संयोजक हुन् ।
पहिलो दिनको असफलतापछि मधेश बन्द फिर्ता
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses