ओलीको उपचारमा राज्यले सक्यो एक करोड २६ लाख प्रधानमन्त्रीको कति ??

काठमाडौं,असोज ३ –अमेरिकी अस्पतालमा प्रधानमत्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले न्युयोर्कको अस्पतालमा फलोअप उपचार गराउनेछन्,यसको खर्च पनि राज्यले नै तिर्नेछ । प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्युयोर्कस्थित स्लोन sushil_koirala-300x300केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएका छन् । उपचारमा खर्च भएको एक करोड ४३ लाख ३८ हजार ८ सय ४५ रुपैयाँको विल अस्पतालले नेपाल सरकारको नाममा पठाएको थियो । अर्थमन्त्रालयले परराष्ट्रमन्त्रालय मार्फत भुक्तानी दिएको छ । यसैबीच,सरकारले वामन्थी नेतृ सहाना प्रधानको उपचारमा १३ लाख १६ हजार ९ सय रुपैयाँ दिएको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारका लागि राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा मिर्गौला र थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गरिएको थियो । त्यस्तै कांग्रेस नेता गोविन्दराज जोशीको उपचारमा राज्यले २७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । प्रस्तावित प्रधानन्यायधीश रामकुमार प्रसाद साहको उपचारमा पनि सरकारले ८० लाख खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.