कुट्नै पर्छ करमरेड, कुरा नमिल्नासाथ ?

काठमाडौ।मिल्दा क्या बात नमिल्दा सत्तोराप। नेपाली कम्युनिटको बिशेषता नै हो । यस्तै बेमेलका कारण एक वरिष्ट अधिवक्तताको ल फर्म अर्का वकिलले रामधुलार्इ भेटेका छन्।prachanda-mohan

नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठको कानुनी उद्दार केन्द्र छ, त्रिपुरेश्वरमा । त्यहाँ अरु २ जना वकिल पनि संलग्न छन्,जिवि आचार्य र विजयराम प्रधान । भद्रैा ९ गते राति साढे सात बजे त्यही अड्डामा दुर्इ वकिलबिच घम्साघम्सी परेको छ। संयोग पनि कस्तो भने आचार्य वैद्य माओवादीपट्टि र विजयराम प्रचण्ड माओवादीतिर। आचार्यको टेबुलमा थुपारिएको किताब हटाउन आग्रह गर्दा प्रधानले एक्कासी लात्ती,मुड्की र हेल्मेट प्रहार गरेका रहेछन्।

उनको आक्रमणबाट आँखा,ढाड,टाउकोमा गम्भीर चोट लागेमा आचार्य मर्माहत हुनु स्वाभाविकै हो । उनको उजुरीमा प्रधानलार्इ रातभर वडा प्रहरी कार्यलय सिंहदबारमा थुनियो। भोलिपल्ट नेपाल बारसहित बैद्य माओवादी नेता एकराज भण्डारीको पहलमा उपचार खर्च तिर्ने गरी माफी मगाएर प्रधानलार्इ थुनामुक्त गराइएको छ । बुधबार प्रकाशित आस्था साप्ताहिकमा खबर छ।

हमलाको कारण घडी र नगद १० हजारको अत्तोपत्तो छैन। रमण कार्यलयबाट निस्किएको केही समयमै सो कुटपुटी भएको र अंग्रजी शिक्षकसमेत रहेका आर्यलार्इ वैद्य समुहको निकटताकै कारण उनैको इशारामा ल फर्मबाट हटाउने खेल भएको पहरीको प्रारम्भिक अनुमान गरेको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.