पर्सा । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा आज अख्तियारले छापा मारी ठूलो परिमाणमा म्याद नाघेका औषधि बरामद गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले कार्यालयमा छापा मारी निःशुल्क वितरणका लागि राखिएका म्याद सकिएका करिब तीन सय कार्टुन औषधि बरामद गरेको हो ।
कार्यालयमा छापा मारी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको दुई दिन नबित्दै अख्तियारको टोलीले पुनः छापा मारेको हो ।
कार्यालयको गोदाममा भण्डारण गरिएको १५ प्रकारका औषधिको म्याद नाघेको फेला परेपछि अख्तियारले जनस्वास्थ्य कार्यालयको गोदाममा सिलबन्दी गरेको हो ।
अख्तियारका अधिकारीले दिएको जानकारीअनुसार निःशुल्क वितरणका लागि नेपाल सरकारले उपलब्ध गराएको औषधि वितरण नै नगरी भण्डारण गरिराखेका कारण म्याद गुज्रेको हो ।
यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत अमलेश्वर मिश्रासँग बुझ्दा उहाँले बरामद औषधिबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।
गत सोमबार अख्तियारको टोलीले कार्यालयमा छापा मार्दा पाँच जना कर्मचारी शङ्कास्पद देखिएपछि उनीहरूलाई तारेखमा राखेको थियो ।
यसअघि अख्तियारले छापा मार्दा कार्यालयमा रहेको सम्पूर्ण कागजात नियन्त्रणमा लिनुको साथै कार्यालयको लेखा शाखामा सिलबन्दीसमेत गरेको टोली प्रमुख रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा, म्याद नाघेका तीन सय कार्टुन औषधि बरामद
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses