५० हजार घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ (भिडियोसहित)

काठमाडौं, भाद्र १८ । काठमाडौ चाबहिल नापी कार्यालयका सर्वेक्षक शिवनारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियारको टोलीले चाबहिलबाटै रंगेहात पक्राउ गरेको हो ।

यादवले काठमाडौंको कपन गाविस वडा नं. ९ को कित्ता नम्बबर १३३ र २७५ जग्गाको कित्ताकाट गरिदिनका लागि सेवाग्राहीबाट रकम लिएका थिए ।

कित्ताकाटका लागि १५ दिनदेखि झुलाउँदै आएका यादवले १ लाख रुपैयाँ मागेको र सेवाग्राहीले ५० हजार दिने सहमति गरी अख्तियारलाई खबर गरेको बुझिएको छ । - See more at: http://imagekhabar.com/samachar/detail/41141/53/.shtml#sthash.W17bOYth.OQm92P5H.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.