अमेरिका पठाइदिन्छु भन्दै ठग्ने 'स्वामी' पक्राउ



 हिन्दु धर्म प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपालको विभिन्न स्थानमा धार्र्मिक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई अमेरिका पठाइदिने प्रलोभन दिएर रकम उठाएका थिए।

गुल्मी वस्तु ३ घर भई हाल सीतापाइला बस्ने भण्डारीले सर्वसाधारणहरूसँग मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाएको प्रहरीले जनाएको छ। प्रहरीमा परेको उजुरी अनुसार उनले विभिन्न व्यक्तिबाट १७ लाख लिएको खुलेको छ। अमेरिका पठाउने आश्वासन पूरा नभएपछि पीडितहरू उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए।
nagariknews.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.