रात्रीबस खस्यो कर्णालीमा, यात्रु र बसको खोजी जारी

सुर्खेत । कालिकोटबाट कैलालीको टीकापुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । सुर्खेतको पोखरीकाँडा गाविस कल्याणकाँधस्थित भीरबाट खसेर यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस साँझ साढे ६ बजेतिर भीरबाट खसेर दुर्घटना भएपनि अबेलासम्म विस्तृत जानकारी आउन सकेको छैन ।



दुर्घटनामा परेका केही घाइते सम्पर्कमा आएका छन् भने बस र अन्य यात्रुको खोजी कार्य जारी छ । यात्रुको उद्दारका लागि जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट नायव उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
बसमा कति यात्रु थिए भन्ने बारेमा केही खुलेको छैन । भीरबाट बस कर्णाली नदीमा डुबेको हुनसक्ने आशंका गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.