मेलम्चीले उपत्यकाका भर्खर कालोपत्रे भएको ६ सय किमि सडक भत्काउने

काठमाडौं,मंसिर १९ – मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन चक्रपथभित्र ६ किलोमिटर सडक भत्काउने भएको छ । भत्काइने सडकको अधिकांश भाग भर्खर मात्रै कालोपत्रे भएका छन् । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – मेलम्ची खानेपानी आयोजना –२ अन्तर्गतको आयोजना कार्यान्वयत निर्देशनालयका बरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले पाइप विछ्याउन सडक खन्न लागिएको बताए ।



 भर्खरै कालोपत्रे गरिएको भए पनि सडक भत्काउनुको विकल्प आफूहरुसँग नभएको उनको भनाई छ । ‘चक्रपथभित्र ६ सय किलोमिटर पाइप बिछ्याउन ठेक्का लागिसकेको छ । केही स्थानमा काम सुरु भइसकेको छ,केही हुन बाँकी छ । अबको केही दिनभित्र सबै स्थानमा काम सुरु हुन्छ । यसक्रममा कतिपय स्थानमा कालोपत्रे सडक भत्काउनैपर्ने हुन्छ । हामीसँग त्यसको बिकल्प छैन’, ढकालले भने,‘विकास निर्माणका क्रममा केही असुविधा हुन्छ,त्यसलाई स्वभाविक मान्नुपर्छ । रतोपाटी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.