विवाह मण्डपमै भाउजुले किस खाएपछि देवरको बिहे टुट्यो

एजेन्सी । हरेक महिलाहरु आफ्नो नजिकको नातेदारको विवाह हुँदा कति खुसी होलान् ? तर कहिलेकाँही यस्ता खुसीले पनि दुःखद घटना निम्त्याउँछ भन्ने कुरा भर्खरै भारतमा भएको एक घटनाले पुष्टि गरेको छ ।
भारतको आलिगढमा देवरको विवाहको उत्साहले भाउजुले विवाह मण्डपमै किस खाँदा विवाह टुटेको मात्रै छैन बेहुला भएर गएका दुलाहा बेहुली बिनै फर्किनुपरेको छ ।
आलिगढमा एक युवकको विवाहको मण्डपमा नै भाउजुले सबैको अगाडि किस गरेपछि विवाह टुटेको हो । दुलाहा दुलहीको कुराकानी सामाजिक सञ्जालबाट सुरु भएको थियो । कुराकानीकै क्रममा एकअर्काबीच प्रेम सम्बन्ध भएको थियो ।
लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका थिए । तर देवरको विवाहमा भाउजुले देवरलाई तानेर नाच्नै थालिन् ।
दुलाहाले पनि भाउजुसँग जमेर नाचेको देखेपछि बेहुली पक्ष भड्किएको थियो । यसपछि दुवै परिवारका बिचमा सुरु भएको बहस चर्किएको थियो । अन्त्यमा विवाह रद्द भएर बेहुलापक्षका रित्तै फर्किएका हुन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.