गढ़िमाइ मेलामा नाङ्गो नाच : सुरक्षामा खटिएका प्रहरिनै यौन हिंसामा सक्रिय ...

बारा । दुई सातादेखि सञ्चालित गढीमाई मेलामा दिनहु यौनहिंसाका घटना भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको अनुमतिमा भारतबाट ल्याइएका चारवटा थिएटर (अश्लील पहिरन र गीतमा नृत्य गर्ने महिलाको समूह) र मदिरा त्रिक्रिको असरले यौन क्रियाकलाप भइरहेको प्रहरीको अनुमान छ । यस्ता थिएटरमा सादा र पोसाकसहितको प्रंहरीको उपस्थिती बाक्लो देखिन्छ ।



मेलाको सुरक्षाका लागि १३ सय सुरक्षाकर्मी खटाइएको छ । प्रहरीका अनुसार यौनदुव्र्यहारमा परेका २५ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
मेलामा सुरक्षामा खटिएका प्रहरी नै लुकीछिपी थिएटरमा छिरेर महिलामाथि यौनहिंसा गर्ने गरेको पाइएको छ ।
त्यस्ता प्रहरीमाथि कारवाही हुने प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताए ।
पीडित महिलाका अनुसार प्रहरीले भिड व्यवस्थापन गर्ने बहानामा संवेदनशील अंगमा छुने गरेका छन् । आजको कान्तिपुरमा समाचार छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.