यस्ता ठाउँमा समेत बस्छन् मान्छे ( तस्वीरहरु )

मान्छे अचम्मको प्राणि हो । मान्छेका गतिबिधी नियाल्ने हो भने मान्छे नै दंग पर्छ ।

डरलाग्दा स्थानमा समेत बस्छन् मान्छेहरु । यहाँ त्यस्तै विश्व चर्चित मानव बस्तीको चर्चा गरिएको छ । यस्ता ठाउँमा जहाँ जाँदा पर्यटकको आङ नै सिरिङ्ग हुन्छ तर यस्तै ठाउँमा बस्ती बसाएर बसेका छन् मानिसहरु ।

रोसाउनोउ मोनास्ट्री, ग्रीस

amazing residents

ग्रीसको थसले इराकामा रहेको में खम्भेनुमा रहेको पहाडस्थित रोसाउनोउ मोनास्ट्री विश्वकै सबैभन्दा खतरनाक स्थानमा रहेको मानव बस्ती मानिन्छ । १५४५ मा पुनः निर्माण गरिएको यो रोसाउनोउ मोनास्ट्री म्याक्सिमोस र लोआस्फ नामका २ भाइले बनाएका हुन् । देख्दा नै यस्तो डर लाग्दो यो रोसाउनोउ मोनास्ट्रीमा भित्र भने गिर्जाघर, गेस्ट क्वार्टर, रिसेप्सन हल र डिस्प्ले हल समेत छ ।



अलहरजाह यमन

amazing residents 1

यमनको हराज पहाडमा रहेको बस्तीलाई पर्खालको शहर समेत भनिन्छ । अल हजराह नामको यो बस्ती इतिहासकै प्राचीन बस्ती मानिन्छ । यो बस्ती १२ औं शताब्दीमा बसेको विश्वास गरिन्छ । यहाँको शहर पुरै पर्खाल जस्तो देखिन्छ ।


शुआउनकाङ सी, चीन

amazing residents 2

चीनमा ५ वटा खतरनाक पहाड छन् । त्यस्तै खतरनाक पहाड मध्ये एक हो हेङ माउन्टेन । पहाडको किनारमा निक्कै बतास चल्ने यो स्थानमा छ ह्याङ्गिङ मोनास्ट्री । यो मोनास्ट्रीको छेउँमै छ ड्रयागन नदी । यो मोनास्ट्री पहाडको उचाइमा बनाइएको छ जुन निक्कै सुरक्षित छ । तर यो रहेको स्थान आफैमा भने निक्कै खतरनाक छ ।


कप्पादोकिया, टर्की

amazing residents 2

टर्कीको प्राचीन अनटोलिया प्रान्तमा रहेको निक्कै सुन्दर यो स्थान संसारकै पुराना बस्तिमा पर्छ । यहाँको बस्ती हेर्दा मानव सभ्यता कसरी विकाश भयो भन्ने समेत स्पष्ट हुन्छ । यहाँ रहेका इशा पूर्व ६ शताब्दीका प्रमाणहरुले यो पारसी साम्राज्यको सबै भन्दा पुरानो प्रान्त रहेको पुष्टी गर्छन् । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा पनि छ ।


सेटेनिल डी लस बोडेगास, स्पेन

amazing residents 2

स्पेनको एन्डालूसिया प्रान्तमा रहेको यो बस्ती हेर्दा लाग्छ मानिस जस्तो स्थानमा पनि घर बनाउन सक्छ । सेटेनिल डी लस बोडेगास नामको यो शहर मा करिव ३००० मानिस बस्छन् । पहाडको मुनी पनि यस्तो बस्ती बस्न सक्छ भन्ने कुरा विश्वास गर्न कठिन पर्छ तर यो बस्तीमा मानिसहरु निर्धक्क बसिरहेका छन् ।

कासा दो पेनेडो, पोर्चुगल

amazing residents 2

पोर्चुगलको फेफ पहाडी क्षेत्रमा रहेको यो घर साँच्चिकै अनौठो छ । यसको निर्माण सन् १९७४ मा एक इन्जिनियरले गरेका थिए । स्टोन हाउस समेत भनिने यो घरको ढोका र झ्याल बाहेक पुरै ढुंगाले बनेको छ । कतिपयले यो घरको तस्विरलाई फोटोसपबाट बनाएको समेत भन्ने गरेका छन् ।

लेशान बुद्ध, चीन

amazing residents 2
चीनको सिचुआन प्रान्तमा रहेको यो बुद्धको मुर्ती संसारकै सबैभन्दा ठूलो बुद्ध मुर्ती हो । २३३ फिट अग्लो यो मुर्ती पहाडको कोखमा बनाइएको छ । यसको निर्माण ८ औं शताब्दीमा भएको हो । यो चीनका पर्यटकीय केन्द्र मध्ये एक हो ।

पोन्टे वेकियो, इटली

amazing residents 2
इटालीको फिरेन्डे शहरमा रहेको यो पुल दुनियाँकै अनौठो पुल मध्ये एक हो । यसलाई पोन्टे बेकियो अर्थात पुरानो पुल भनिन्छ । आर्नो नदीमाथि रहेको पुलको निर्माण १३४५ इस्वी सम्बतमा भएको थियो । यो पुलमा अहिले घर र पसल बढ्दै जाने क्रम बढिरहेको छ ।

मतमाता, ट्यूनीशिया
amazing residents 2

मतमाता दक्षिण ट्यूनिशियामा जनजाति र आदिबासीको बस्ती हो । यो गाउँ जमिन भित्र बनेको छ । यो गाउँ देख्दा नै गुफा जस्तो देखिन्छ । २००४ को तथ्याङ्क अनुसार यहाँको जनसंख्या २११६ थियो ।

सील्याण्डamazing residents 2
यो संसारको सबै भन्दा सानो देश नै हो भन्दा पनि हुन्छ । समुन्द्रमा बनेको यो घरमाथि कुनै पनि देशको अधिकार छैन । यसलाई दुनियाँको सबैभन्दा सानो देश पनि भनिन्छ । यो समुन्द्री किल्ला बेलायतको स्वामित्वमा रहेको टापुबाट केवल १३ किलोमटिरको दुरीमा छ । यहाँ बस्ने मानिसको राहदानी र मुद्रा समेत फरक बनाइएको थियो । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.