भारतीय डन लाई एकै दिनमा दुईवटा नेपाली नागरिकता दिइयो..

काठमाडौं । मलेसियामा बसेर अपराधिक क्रियाकलाप गर्दै आएका भारतीय नागरिक रमनदीप सिंहले नेपालबाट एकै दिन दुईवटा नागरिकता लिएको पुष्टि भएको छ ।
सिंहले ०६३ मा नागरिकता टोलिबाट एकै दिन दुई छुट्टाछुट्टै नेपाली नागरिकता लिएको खुलेको हो ।
सिंहले नेपाली नागरिकता लिएको पुष्टि भएपछि गृह मन्त्रालयले दुवै नागरिकता रद्द गरेको छ ।



गृह प्रवक्ता लक्ष्मीराज ढकालले सिंहले लिएको नागरिकता रद्द गरी नागरिकता दिने व्यक्ति र कर्मचारीमाथि छानबिन थालिएको बताए ।
गृह स्रोतका अनुसार नेपाली नागरिकताकै आधारमा पासपोर्ट बनाएर सिंहले मलेसिया पुगि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.