निशुल्क प्रेम सबन्ध गाँसिदिने दिने गुरु बा

प्रेम वा अंग्रेजी लभ शब्द गुगल वा विकिपेडियामा खोजियॊ भने आधा सेकेण्डमै डेढ अर्ब भन्दा बढी रिजल्टहरु देखापर्छन । पहिलो नम्बरमै लेखिको हुन्छ ‘लभ इज एन इमोसन अफ स्ट्रोङ्ग एफेक्सन एन्ड पस्रनल एटेचमेन्ट’ अर्थात ‘प्रेम बलियो आकर्षण र व्यक्तिगत तादात्म्यतताको भाव हो ।’ नेपाली शब्द कोषमा ‘एक व्यक्तिको अर्को व्यक्तिसंग स्वभाव गुण व्यवहार आदिले हुने आकर्षण’ भनेर प्रेमलाई परिभाषित गरिएको छ । भनिन्छ संसारमा सबै भन्दा बढी परिभाषा गरिएको शब्द प्रेम नै हो । विश्वास गर्नुस या नगर्नुस यी सबै परिभाषालाई फुलमान डगौराले भने उल्टाई पल्टाई दिएका छन ।



‘प्रेम यो हो त्यो हो यस्तो हो त्यस्तो हो । यी सब भन्ने कुरा मात्र हुन’ ५६ वर्षीय फुलमानले सुरुवातमै प्रतिप्रश्न गरे ‘को सँग प्रेम गर्न चाहनु हुन्छ म त्यहिसंग प्रेम
गराईदिन्छु । अनि प्रेमलाई के भन्नु हुन्छ ?’ हो, कन्चनपुरको पिपलाडी गाविस-५ जोनापुरीका यी बुढा ‘प्रेम’ गराउँछन । युवायुवतिलाई प्रेममा झुलाएर बिहेसम्म डोर् याइ दिन्छन । विज्ञानको युगमा पत्याउन गाह्रो लाग्ला तर उनले तन्त्रमन्त्र गरेर यी सब कुरा सहज बनाएका छन रे । त्यो पनि आजभोली मात्रै होईन ११ वर्षको उमेरदेखि यी सब काम गर्दै आएका छन निरन्तर । उनले प्रेम गराएका कयौ युवायुवति बिहे गरेर आमाबुवा हुदै बाजेबज्यै पनि बनिसकेका छन रे । आफूलाई प्राप्त ‘दैविक शक्ति’ले यी सब संभव बनेको उनको तर्क छ । पश्चिम तराई. पहाड र भारतका सर्वसाधारणको घुइचो लाग्छ उनको घरमा । उनलाई खाना खाने समेत फुस्रद हुदैन दिनदिनै ।

फुलमान ‘गुरुवा’ हुन । थारु समुदायमा हरेक वर्ष माघ महिनामा माघी पर्व मनाउदै गुरुवा र भलमन्सा चयन गरिन्छ । गुरुवाले उपचारको पाटो हेर्छ भने भलमन्साले व्यवस्थापन न्याय निसाफ हेर्ने गर्छ । भलमन्सा गाउँलेले पत्याएको जो पनि हुन सक्छ भने गुरुवा तन्त्रमन्त्र गर्ने ‘दैविक शक्ति’ प्राप्त गरेको मान्छे मात्रै हुन्छ । उनी पनि आफूलाई ‘दैविक शक्ती’ प्राप्त गरेकोले गुरुवा भएको बताउँछन । उनका बाजे मनबुझाउ चौधरी र बुवा भौना चौधरी पनि गुरुवा थिए । ‘मैले मेरो बुवाबाजेबाटै सिकेको हुँ’ उनी दैविक शक्ति भएको आधारहरु एक-एक गरी पेश गर्न थाले । जुन बेला फुलमान ११ वर्षको थिए उनका बुवाले मध्यराती श्मसान घाट लगे । उनलाई कहाँ जादैछु. भन्ने थाहा थिएन तर बुवाको पछि लागे खुरुखुर । ‘बुवाले हिड भन्नु भयो । उहाँको पछि पछि लागे’ ४५ वर्ष अघिको त्यो रात सम्झिदै उनी बोले ‘मान्छे पोल्ने ठाउँमै बस्नु भयो । म पनि त्यही बसे । बुवा मन्त्र भन्न थाल्नु भो मैले पनि भनिरहे ।’ त्यतिबेला उनलाई डर पनि लागेको थियो रे भुत आउँछकी भनेर ।

उमेर बढ्दै जादा मन्त्र सिक्दै गए उनी । विद्यालय थिएनन् सिक्ने भनेकै तन्त्रमन्त्र थिए । आपुनो नाम समेत लेख्न नसक्ने फूलमानले त्यतिबेला कति मन्त्र रटे उनलाई नै एकिन छैन । ‘कति हो कति कति भनौं ?’ उनी विस्तारै बोले ‘कति यादमा रहे कति बिसर्िए ।’ यतिबेला फुलमानसँग २२ मूलमन्त्र छन । एउटा मूलमन्त्रमा १३० मन्त्र हुन्छन । उनीसंग दुई हजार ८ सय ६० मन्त्र छन । एउटा मन्त्र कम्तिमा तीन सय शब्दको हुन्छ । बुवा बाजे रटाउदै उनी रट्दै गए यी सब तन्त्रमन्त्र । त्यही तन्त्रमन्त्र मनमनै बाचन गरेर ध्यानमा बस्दा दैविक शक्ति प्राप्त हुन्छ भन्छन उनी । तन्त्रमन्त्र पनि सबैले सिक्दैनन् र सिकाउदैनन् पनि गुरुवाले । ‘माछा, मासु, जाँड, रक्सी केही खानु हुदैन । झैझगडा, गाली, बेइज्जत गर्नु हुदैन’ शिष्यलाई झै गुरुवाले नियम सुनाए ‘सबै भन्दा गाह्रो कहिल्यै झुठो बोल्नु हुदैन ।’ बाल्यकालका ११ वर्ष छोडेर ५६ वर्षको उमेरसम्म दुई पटक झुठो बोलेका छैन् रे । दुबै पटक बिरामी परेको उनी सुनाउँछन । ‘पागल जस्तै भएको छु’ झुठो बोल्दाको परीणाम सम्झिदा उनी झस्किए ।

उनी के के गर्छन ? ‘रोग निको बनाउन सक्दिन अरु सबै निको पार्छु’ थालीमा चामल खेलाउदै बोले ‘सर्प, बिच्छी, किरा, फट्ङ्ग्राले टोकेको हातखुट्टा, टाउँको, पेट दुखेको, भूतपिचास लागेको सबै निको पार्छु ।’ चाइनीज समान खरिद गर्न गए जस्तो होइन, उनकोमा हरेक कुराको ग्यारेण्टी हुन्छ । निको पार्ने ग्यारेण्टी लिन्छन, नसक्ने सुरुवातमै सक्दिन भन्छन । ‘हेर्ने वितिक्कै थाहा पाइहाल्छु । नसक्ने भए, सक्दिन, अस्पताल लग्नुस भन्छु’ उनी बोले ।

माघको एक बिहान सितलहरको परवाह नगरी उनको आगनमा घुइचो लागेको थियो एक प्रकारका रोगीहरुको । भिडभाडमा छेलिएर गुरुवा भन्दैगए ‘सधै यस्तै हो, खाना खाने समेत फुस्रद हुदैन ।’ दैविक शक्ति रहेको विश्वास दिलाउन उनले एउटा उदाहरण पेश गरे छिमेकी जगनी चौधरीलाई बोलाएर । एक वर्ष अघि जगनी चौधरीलाई सर्पले टोकेको थियो रे । गुरुवा फुलमान घरमा थिएनन, जगनीलाई महेन्द्रनगरको महाकाली अाचल अस्पताल भर्ना गरियो । आठ दिन अस्पतालमा राखियो सन्चो लागेन । ‘अब जोगाउन सकिन्न’ आठौं दिन चिकित्सकहरुले मुखबाट फिँज निकालिरहेका जगनीलाई भने ‘बरु घर लग्छौं भने लग्नुस ।’ त्यसपछि गुरुवा फुलमानको पालो आयो । आगनमा राखेर मन्त्र जप्न थाले तीन घण्टापछि होस फर्कियो रे जगनीलाई ।

यो भन्दा पनि पत्याउन गाह्रो लाग्ने कुरा अर्को छ प्रेम । तपाईले रोजेको युवक/युवतिसंग प्रेम गराउन सक्छन उनी । प्रेम गराउने मात्रै होईन बिहे गराउनेसम्मको समेत ग्यारेण्टी हुन्छ उनकोमा । चार दर्जन भन्दा बढी जोडीमा प्रेम अंकुरण गराइसकेका छन उनले । ती सबै जोडीले बिहे पनि गरिसकेका छन रे । ‘५२-५३ होलान’ गम्दै गुरुवा बोले ‘सबैले बिहे गरेका छन ।’ प्रेम गराउनका लागि एउटा सर्त हुन्छ । उनी तन्त्रमन्त्र गरेर चामल, ल्वाँङ, सुकमेल वा यस्तै कुनै चिज दिन्छन । जससँग प्रेम गर्ने हो त्यसलाई उनले दिएको चिज खुवाउनु सक्नुपर्छ । ‘खुवायो की फस्यो’ मुस्कुराउदै बोले ।

युवक युवतिले भनेकै भरमा उनी प्रेम गराउदैनन । उनले अहिलेसम्म दुबै तर्फका आमाबुवाको सहमतिमा मात्रै यस्तो काम गरेका छन । बिहे गर्न मन्जुर नभएका केटाकेटीलाई दुबै तर्फका आमाबुवाको आग्रहमा प्रेम गराइ दिएका छन उनले । केटाकेटीलाई थाहै नदिई यस्तो गर्दा पाप गरे जस्तो लाग्दैन ? यो प्रश्नमा गुरुवाले अनुहार मलिन बनाए । ‘सबै कुरा हेर्छु, उनीहरुले दुःख पाउदैनन् भन्ने भएपछि मात्रै यस्तो गर्छु’ फुलमानले गम्भीर हुदै थपे ‘सुरुसुरुमा धेरै गरियो । पाप गर्दैछु कि जस्तो लागेपछि कम कम गर्दै गएको छु ।’ आमा बुवाले आपुना छोराछोरीको कुभलो नचिताउने भएकोले उनीहरुको आग्रहमा मात्रै यो काम गरिरहेको उनको तर्क छ ।

यति ठूलो काम गर्न कति पैसा लाग्ला ? चिन्ता नगर्नुस, यहाँ कुनै शुल्क लाग्दैन । यो उनको निशुल्क सेवा हो । ‘पैसा लिन मिल्दैन । पैसा लियो की दैविक शक्ति नासिन्छ’ बिना पैसा ग्यारेण्टीको काम गर्ने फुलमानले भने ‘खुसी भएकाहरु दिएर
जान्छ । यति उति दिनुस् भन्दिन । उनीबाट निःशुल्क सेवा लिन युवकहरुका लागि भने केही गाह्रै छ । किनकी गुरुवा थोरै नारीवादी छन । ‘केटाहरु फटाहा हुन्छन’ आफू केटो हुनुको अनुभव मिसाउदै फुलमान बोले ‘तिनी (केही केटा) हरुलाई पिटेर फर्काएको छु । बरु केटीहरुले भनेको मान्छु । प्रेम गराइदिन्छु ।’ उनलाई लाग्छ, केटा-केटीको सम्बन्ध बिगि्रयो भने समाजमा केटीलाई गाह्रो हुन्छ । त्यसैले प्रेमिकालाई छोडेर नयाँ प्रेमिका खोज्न हिड्ने प्रेमीलाई भने प्रेमिकाको आग्रहमा पुनः प्रेममा फर्काएका छन रे यो अवधिमा उनले । केटाहरुको आग्रहलाई भने मानेका छैनन अहिलेसम्म ।

एक दर्जन भन्दा बढी गाउँलेहरुलाई साक्षी राखेझै गरी अढाई घण्टा गफिदा पनि पत्याइहाल्न गाह्रै भो । गुरुवा नढाँटी भन्नुस् साँच्चै प्रेम गराउन सक्नु हुन्छ ? यो प्रश्नमा भने काँसाको थालिमा चामल खेलाउदै गरेका गुरुवा रिसाए । बालबालिकाले बाँजी थापे झै बोले ‘लौ बाबु, भन ! कुन केटीसंग भन्ने हो ? त्यही केटीसंग प्रेम गराइदिन्छु । प्रेम गराउन सकिन भने यो काम छोडिदिन्छु ।’ यो बेला उनीसंग कसिकसाऊ गर्ने कुरै भएन ।

यता त दुःख हुदैन भन्ने तपाईको जस्तो ग्यारेण्टी छैन नी ? थोरै जिस्काए, ‘केटानै परियो । दुःख भयो भने गुरुवालाई पाप लाग्ला ?’ उनको एकाएक रिस हरायो, खिस्स हाँसे । ‘अब भयो । मन्जुर भएपछि मात्रै कुरा गर्छु’ केटाकेटीले झै बुढी र चोर औलाले नाक समातेर थिचार्दै गुरुवा जुरुक्क उठेर हिडे । पर पुगेपछि फर्किहेर्दै हाँसो मिसाएर बोले ‘तोहार लिए, पाप साप भाडमे गईल bachubaby.wordpress.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.