राखी सावन्तले मोदिसंग कुरा गर्ने : बेस्या भन्नेलाई गधामा चडाउने राखिको भनाई

अखिल भारतीय हिन्द्र महासभाले आइटम नृत्य गर्ने महिलालाई बेस्या भन्नु पर्ने निर्णय गरेपछि बलिउडकी चर्चित आइटम गर्ल राखी सावन्तको पारा तातेको छ ।
यो निर्णयलाई आपत्तिजनक टिप्पणी भन्दै राखी सावनतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेटेर कुरा गर्ने भएकी छिन् । मोदीलाई भेटेर यस विषयमा गम्भिर हुन आग्रह गर्ने राखीले बताएकी छिन् ।



राखीले त्यस्तो भन्नेलाई गधामा चडाएर तालिबान भएको ठाउँमा पठाउनु पर्ने समेत बताएकी छिन् ।
भारतमा सक्रिय हिन्दू महासभा र यसमा आवद्ध नेताहरुले भड्किला कपडा लगाएर फिल्ममा नृत्य गर्ने महिलालाई बेश्या घोषित गर्नु पर्ने माग गरेपछि राखीले यस्तो बताएकी हुन् ।

हिन्दु सभाको उत्तरप्रदेश यूनिटका महासचिव नवीन त्यागीले फिल्ममा भड्किला कपडा लगाएर नाङ्गो नाच देखाउनेहरुलाई बेश्या घोषित गर्नु पर्ने बताएका थिए । यसरी पैसा कमाउने महिला बेश्या हुने उनको भनाइ छ ।
यो मुद्धालाई अव देशको सर्वोच्च अदालतमा पुर्‍याउने उद्घोष समेत उनले गरेका छन् ।
राखीले भने करिना देखि आफू सम्म सबैलाई बेस्या भनिएको भन्दै नछोड्ने बताएकी छिन् । एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.