आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान, ११ जना मारिए

काठमाडौं, मंसिर १२ । भारतको जम्मु–कश्मीरमा ‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान हुँदा ११ जना मारिएका छन् । जम्मुको अरनिया सेक्टरमा विहीबार भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।

अरनियाको बंकरभित्र रहेका ‘आतंकवादी’ले सेनामाथि गोली चलाएपछि भिडन्त भएको हो । मारिनेमा ४ जना ‘आतंकवादी’, ४ जनासर्वसाधारण र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

भारतमा विधानसभाको चुनाव प्रचारप्रसारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु–कश्मीरको उधमपुर पुग्ने कार्यक्रम तय भएकै बेला मूठभेड भएको जनाइएको छ । (एजेन्सी) imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.