अब डलर महंगिने, यस्तो पर्दैछ नेपालमा असर !

काठमाडौं । केही महिना डलर सस्तिए पनि अव डलरको भाउ महंगिने विज्ञहरुले अनुमान लगाएका छन् । अमेरिकी रोजगारी र अर्थतन्त्रमा सुधार आएकाले डलरको मूल्य बढ्ने विज्ञहरुको अनुमान छ । अर्कोतर्फ चिन र जापानजस्ता राष्ट्रहरुमा आर्थिक मन्दी आइरहेकाले पनि अमेरिकी डलरको मूल्य महंगिने विज्ञहरु बताउँछन् । विश्व बजारमा अहिले सुन र तेलको मूल्य ओरालो लागिरहेको छ ।



राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठका अनुसार लगानीकर्ताले सुरक्षित अमेरिकी ट्रेजरी बिलमा लगानी बढाएकाले पनि डलरको मूल्य बढेको हो । अर्कोतर्फ अमेरिकी सेयर बजारमा लगानीकर्ताको रुची बढेकाले पनि डलरको भाउ बढेको हो । आजभन्दा ३ वर्षअघि अमेरिकी १ डलर खरिद गर्न ७१ रुपैयाँ तिर्नुपर्ने भएको थियो । यसबीचमा डलर अझ उकालो पनि लागेको थियो तर आज १ डलर खरिद गर्न १ सय रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

डलर महंगिदा नेपालमा भने त्यसले नकारात्मक असर पार्दछ । नेपाली मुद्रा र भारतीय रुपैयेबीचको बिनिमयदर स्थिर छ, यसले गर्दा भारु डलरको तुलनामा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्छ । जापानको अर्थतन्त्र खस्किनु र डलर महंगिदा समग्र एसियामै नकारात्मक असर पर्ने देखिएको छ । डलर महंगिएपछि नेपालले जति पनि सामानहरु आयात गर्छ, ति सबैको भुक्तानी डलरबाट हुने हुँदा आयात हुने बस्तुको मूल्य बढ्नेछ । अर्कोतर्फ आयात गरिने वस्तुको ढुवानी मूल्य पनि बढ्नेछ, त्यसले थप महंगी बढाउनेछ । डलरको मूल्य बढ्दा रेमिट्यान्समा भने सकारात्मक असर पर्दछ । डलरको मूल्य बढेअनुसार रेमिट्यान्स रकममा पनि बृद्धि हुन्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.