होसियार ! बली चढेका राँगाको ममः खाइएला ! गढीमाईमा बली चढाएका राँगा राजधानी भित्र्याउने तयारी

१४ मंसिर, बारा। राँगाको मासु किन्न बजार जाँदै हुनुहुन्छ ? त्यसो भए एकपटक सोच्नुहोस् । तपाईंले किन्ने मासु बाराको गढीमाई मन्दिरमा बली चढाइएका राँगाको पनि पर्न सक्छ ।
गढीमाईको प्रसादका रुपमा बली चढाइएका हजारौं राँगा शनिबार रातारात गायब पारिएका छन् । ती राँगा लुकाई-छिपाई नजिकैका बजार र राजधानीसम्म ल्याएर मःमः बनाइन सक्ने सम्भावना देखिएको छ ।
गढीमाईमा असुरीक्षत ढंगले काटिएका राँगाको मासु बजारमा भित्र्याइए त्यसबाट संक्रमण बढ्न सक्ने खतरा उपभोक्तवादीहरुले औंल्याएका छन् ।



ममःका लागि राजधानी खपत गर्ने ठेकेदारको तयारी
विगतमा खाडल खनेर पुर्ने गरिएका राँगाहरु विभिन्न ठाउँमा लगेर बिक्री गर्ने ठेकेदारको तयारी थियो । यसका लागि बली दिइएको स्थलमा ठेकेदारले ५० वटा ट्रक र २५ वटा ट्याक्टर समेत तैनाथ गरेका थिए । ५० ट्याक्टर राँगाको बजार बारामा मात्रै सम्भव छैन, त्यो ममः बनाउनका लागि रातारात राजधानी भित्र्याउने ठेकेदारको तयारी थियो ।
ठेकेदारहरुले बली दिइएका राँगा भण्डारण गर्न कलैया र परवानीपुरमा दुईवटा भण्डारणसमेत बनाएका छन् ।
शनिबार स्थानीय दलित समुदायका नागरिककले राँगा कब्जा गरेर ठेकेदारलाई लैजान नदिएपछि गढीमाईमा सिनो व्यवस्थापन कसरी गर्ने भन्ने विवाद देखिएको छ । ठेकेदारहरु त्यसलाई बजारमा पुर्‍याएर बेच्नुपर्ने पक्षमा छन् भने स्थानीयले विगतजस्तै जमीनमा गाड्नुपर्ने आवाज उठाएका छन् । दलित समुदायका अगुवाहरुले भने सिनो बहिस्कार अभियान चलाएका छन् ।

रातारात राँगा गायव
बली चढेका राँगा बिसर्जनको तयारी भइरहेका बेला एक समूहले बधस्थलबाटै शनिबार राति काटिएका राँगाहरु लुटेर लगेको टेकेदारहरुले बताएका छन् । ठेकेदारले बली चढेका पशु बिसर्जनको तयारी गरे पनि सो समूहले अवरोध गरेर राँगा लुटेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापन समितिले बली चढाइएका पशुपंक्षीको बिसर्जन गर्न डेढ करोडभन्दा बढी मूल्यमा ठेक्का दिएको थियो । तर, सम्झौता अनुसार पशु नपाएपछि ठेकेदार समूह पनि रुष्ट छ । बली चढेका राँगाका टाउका मन्दिर नजिकै खाल्डो खनेर गाड्ने गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.