आखिर कट्रिनाले बाजी मारिन् : हटेष्ट वुमन अफ द इयर




अभिनेत्री कट्रिना कैफले प्रतिस्पर्धी दीपिका पादुकोणलाई पछारेकी छिन् ।
परिचित प्रतिद्वन्द्वी दीपिकालाई पछि पार्दै उनले ‘हटेष्ट वुमन अफ द इयर’ को उपाधि पाएकी छिन् ।
म्यक्जिम इण्डिया म्यागजीनले गरेको सर्वेक्षणमा क्याटरिनासे सो उपाधि पाएकी हुन् । यो उपाधी पाएपछि कटि्रना सबैभन्दा कामुक र सुन्दरी नायिकाको रुपमा चिनिने छिन् ।

यसअघि एफएचएम म्यागजिनले तयार पारेको एकसय जना ‘सेक्सिएस्ट वुमन’को सूची सार्वजनिक गर्दा दिपिका पादुकोण अगाडी आएकी थिइन् । पछिल्लो सूचीमा कट्रिना अगाडी आएकी छिन् ।

यो नतिजा नायिकाहरुको फिगरलाई हेरेर तयार पारिएको म्यागजिनले उल्लेख गरेको छ । म्यागजिनले जनाएअनुसार कट्रिना मात्रै त्यस्ती हिरोइन् हुन् जो आफ्नो सौन्दर्य ताजा राख्ने सवालमा निकै चिन्तित छिन् ।
कट्रिना खानामा विषेश सावधानी अपनाउँछिन् भने दैनिक योगा गर्छिन । जीम पनि उनको नियमित शारीरिक अभ्यास अन्तर्गत नै पर्छ । उनी हरेक दुई घण्टामा खाना खान्छिन् तर, खानामा साग सब्जी र फलफूलको मात्रै धेरै प्रयोग गर्छिन ।


एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.