मलेसियामा सुरक्षा गार्ड हुन नयाँ नियम लागु

Malesian security Guardमलेसिया । मलेसियामा अब भुतपूर्व सेना प्रहरीले मात्रै सुरक्षा गार्डमा काम गर्न पाउने भएका छन् । त्यहाँको सरकारले नेपालबाट भुतपूर्व सैनिक र प्रहरीलाईमात्र लिने भएको हो ।
मलेसियाका प्रहरी प्रमुख तान श्री खलिद अबु बकरले सुरक्षा गार्डमा आउनेहरु सुरक्षा फौजमा भूतपूर्व आर्मी र प्रहरीलाई मात्र लिनुपर्ने बताएका हुन् ।
मलेसियामा बढ्दै गएको सुरक्षा गार्डको प्रभावलाई ध्यान दिँदै अब भूतपूर्व सिपाहीलाई मात्र मलेसिया ल्याउनुपर्ने खालिदले बताएका त्यहाँबाट प्रकाशित हुने द सन दैनिकले जनाएको छ ।
मलेसियामा पछिल्लो समयमा बढ्दो असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै प्रहरी प्रमुख बकरले भुपू सेना प्रहरीलाई मात्र सुरक्षा गार्डमा ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको जनाएका छन् ।
www.nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.