विद्यार्थीले ‘कखरा’ हेरेपछि सोधे-‘मरेको बच्चा कसरी बाँच्यो’ ?

kakhara
काठमाण्डौको अष्टनारायण हलमा ‘कखरा’ नामक बृत्तचित्र हेरेपछि धेरै विद्यार्थीका आखा रसाए त कतिको मनमा कौतुहलता छायो । विद्यालयको ट्वाइलेटमा नै मरेको एक बच्चालाई पर्दामा हेरेका विद्यार्थीले बृत्तचित्र सकिएपछि उसलाई आफ्नै आखा अगाडि देखे ।
उनीहरुले अचम्म मान्दै सोधे-‘ट्वाइटेलमा बच्चा सााच्चिकै मरेको रे फेरि कसरी बाँच्यो त ?’ बच्चाको भूमिकामा देखिएका कलाकार सौगात बिष्टलाई देखेपछि उनीहरुको मनमा कौतुहलता छाएको हो । काठमाण्डौको एक विद्यालयमा भएको वास्तविक घटनालाई वृत्तचित्रमा उतारिएको हो ।
दण्डहिन शिक्षामा जोड दिएर निर्माण भएको ‘कखरा’ छायांकन गरिएको विद्यालय रीड मोडलका विद्यार्थी, शिक्षक, अभिभावक, रंगकर्मी र संचारकर्मी उपस्थित थिए । गर्बु फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको डकुमन्ट्रीमा संचारकर्मी डिकेश लामाको लेखन तथा निर्देशन  छ ।
डकुमेन्ट्रीमा राजेश हमाल, सौगात विष्ट, भूपेन चन्द, सौजन्य सुब्बा, श्रीकृष्ण न्यौपाने, गजित विष्टको मुख्य भूमिका छ ।
www.onlinekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.