युट्युब चलाउने गोप्य ट्रिक्स थाहा पाउनोस्



भिडियोको लागि सबैभन्दा उत्तम सेवा लिन युट्युब प्रयोग गर्नैपर्दछ । प्रयोगकर्ताको लागि यो सेवा सहज र सजिलो पनि छ । तपाईं हामी सबैले युट्युबको प्रयोग गरिरहेका छौं । सधैं प्रयोग गरिरहे पनि पनि यसका कतिपय गोप्य ट्रिक्सहरु तपाईंलाई थाहा नहुन सक्छ । युआरएलमा सामान्य फेरबदलले पनि धेरै काम गर्न सकिन्छ युट्युबमा । आउनुहोस्, युट्युबमा प्रयोग हुने रहस्यमयी ट्रिक्सको बारेमा थाहा पाइराखौं ।

 १. कुनै पनि सफ्टवेयर प्रयोग नगरी भिडियोहरु डाउनलोड गर्नसकिन्छ युट्युबको मद्दतबाट सजिलैसँग भिडियो डाउनलोड गर्न सकिन्छ । यसको लागि तपाईंलाई कुनै खास सफ्टवेयरको आवश्यकता पर्दैन । त्यतिमात्र होइन, युट्युबबाट एमपिथ्री फाइलहरु पनि डाउनलोड गर्न सकिन्छ । यसको लागि तपाईंले युआरएलमा सामान्य फेरबदल गर्नुपर्ने हुन्छ । तपाईंले चाहेको भिडियो डाउनलोड गर्नको लागि तपाईंले युआरएलको अगाडि pwn लेख्नुपर्दछ । जस्तो कि– www.youtube.com/watch?v=9yZDsep3IBA  लाई यस्तो बनाउनुहोस् www.pwnyoutube.com/watch?v=9yZDsep3IBA यसपछि तपाईंलाई मनपर्ने कुनै विडियो तपाईंले डाउनलोड गर्न सक्नुहुन्छ ।

२ एमपीथ्री फाइलको डाउनलोड उक्त भिडियोबाट एमपिथ्री फाइलमा पनि यही पेजबाट बदल्न सकिन्छ । भिडियो युआरएलमा pwn जोडेपछि अर्कै साइट खुल्दछ । यो साइतको माथिल्लो भागमा भिडियो डाउनलोड गर्ने ठाउँ राखिएको हुन्छ भने तलको भागमा भिडियोको एमपीथ्री बनाउने अप्सन राखिएको हुन्छ । (तस्वीर हेर्नुहोस्) एमपीथ्रीमा बदल्नको लागि दिइएको बेभसाइटबाट कुनै एक तरिका अपनाउन सकिन्छ । एकपटक भिडियो कन्भर्ट भइसकेपछि त्यसलाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ ।एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.