यौन सम्पर्कबाट पनि सर्छ इबोला ? डब्लूएचओ

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले इबोला लागिसकेपछि उपचारबाट ठिक भएका पुरुषहरुलाई कम्तिमा ३ महिना यौनसम्पर्क नगर्न आग्रह गरेको छ । विर्यको माध्यमबाट इबोला भाइरस फैलिने डर भएकाले यस्तो आह्वान गरिएको डब्लूएचओले जनाएको छ ।

इबोला एक खतरनाक भाइरस हो, जसका कारण पश्चिम अफ्रिकामा हजारौं मानिसको मृत्यु भइसकेको छ । यो भाइरस मुख्यतया रगत, र्‍याल वा दिसा–पिसापको माध्यमबाट अन्य व्यक्तिहरुमा सर्ने गर्छ ।



 यद्यपी अहिलेसम्म सेक्सबाट इबोला फैलिएको पुष्टि त भएको छैन, तर इबोला संक्रमित व्यक्तिको विर्यमा पनि यसको लक्षण भने पाइएको छ ।

डब्लूएचओले शुक्रबार जारी गरेको एक सन्देशमा भनिएको छ, ‘जसले इबोलाको उपचार गराईसक्नु भएको छ, तपाईं कम्तिमा पनि तीन महिना यौन सम्पर्कबाट टाढा रहनुस्, तीन महिनासम्म तपाईंको विर्यमा इबोला भाइरस रहने डर हुन्छ ।’ साथै त्यस्ता व्यक्तिहरुले हस्तमैथुन गरे पनि विर्यलाई सुरक्षित रुपमा नष्ट गर्न आग्रह गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.