फेरि गुण्डाका नाईके अर्को 'डन' पक्राउ



काठमाडौं । अपरहरण मुद्दामा फरार रहेका गुण्डाका नाईके सगुुन श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार जाउलाखेलबाट पक्राउ गरेको हो । सिन्धुपालचोकका व्यापारी जिवन श्रेष्ठलाई अपहरण गरेपछि श्रेष्ठ फरार भएका थिए । राजधानीको बिभिन्न ठांउमा लुकुछिपी बस्दै आएका श्रेष्ठलाई महाशाखाको टोेलीले तिन महिनाको अधक प्रयासपछि नियन्त्रमा लिन सफल भएको हो । सिन्धुपालचोकमा ढुंगा खानी संञ्चालन गर्दै आएका व्यापारी जिवनलाई गुण्डा सगुनको समुहले ८ महिना अघि अपहरणको प्रयास गरेका थिए ।

 हातहतियार सहित आएका गुण्डा सगुनको समुहका केहि अपहरणकारी तत्काल पक्राउ परेपनि उनि भने फरार भएका थिए । पक्राउ अन्य अभियुक्त भने जिल्ला अदालात सिन्धुपालचोकको आदेशले थुनामा रहेका छन् । भक्तपुर र सिन्धुपालाचोक जिल्लालाई आधार श्रेत्र बनाएर गुण्डा सगुनको समुहले अपहरण, ठेक्का कब्जा, तस्करी, सुन अबैध सुन लुट्ने तथा अबैध सामनको सिमान पार गराउने जस्ता किक्राकलापमा सलग्न हुदै आएका छन् ।



 तिन बर्ष पहिले हातहतियार तथा अपहरण मुद्दामा पक्राउ परि दुई बर्ष जेल बसेका गुण्डाका नाईके श्रेष्ठ जेल मुक्त भए लगत्तै नेपाली काग्रेशमा प्रबेश गरी राजनीनिक आबरणमा गुण्डा गर्दी गर्दै आएका छन् । उनले आफूलाई नेपाली काग्रेशका सेलीब्रेटी नेता तथा सभासद् गगन थापा निकट भएको देखाउन फेसबुकमा नेता थापासँग बसेको फोटोसमेत राखेका छन् । व्यापारी जिवन श्रेष्ठलाई अपहरणका मुख्य योजनकार श्रेष्ठ रहेको प्रहरीले जनाएको


http://www.aparadhkhabar.com/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.