ताजा अपडेट : उग्रचण्डी नाला भगवतीको मुर्तिमा पसिना : अशुभ हुने अनुमान, स्थानीय त्रसित




धुलिखेल : काभ्रेको उग्रचण्डी नाला ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ। शनिबार दिउँसो एक बजेबाट भगवतीको शिलामा पसिना आएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए।

शनिबार दिउँसो पहिलोपटक भगवतीको दर्शन गर्न आएकी ललितपुर कुसुन्तीकी मैयादेवी गेलाल भगवतीको शिलामा पसिना आएको देखेपछि काम्न सुरु  गरेकी थिइन्। महिला कामेको देखेपछि मन्दिरमा हेर्दा भगवतीको शिलामा पसिना चुहिरहेको देखिएको स्थानीयवासीले बताए। भगवतीको शिलामा पसिना आएपछि स्थानीय त्रसित भएका छन्।

नेपाल संवत् ७२१ मा नाला भगवतीको शरीरबाट रगत बगेको शिलामा उल्लेख छ। भगवतीको मूर्ति ११ सय वर्ष पुरानो हो। भगवतीको टाउको र हातबाहेक शरीरका अन्य ठाउँबाट पसिना आएको छ। काम्ने क्रममा गेलालले हाल मन्दिरमा बली दिएको स्थानमा नागको शिर रहेको र त्यस स्थानमा बली दिन नहुने बताएकी थिइन्।

सयौं वर्ष पुरानो भगवतीको मूर्तिमा अहिलेसम्म पसिना आएको आफूहरूलाई थाहा नभएको पुजारी कर्माचार्यले बताए। सुरुमा मन्दिरको शिलालेखमा तपतप पसिना चुहिए पनि पछि भगवतीको शरीरका विभिन्न स्थानबाट पसिना चुहिएको स्थानीय श्याम सापकोटाले बताए। भगवतीको मूर्तिमा पसिना आएपछि स्थानीयले अशुभ हुनसक्ने अनुमान गरेका छन्। भगवतीलाई पसिना आएपछि स्थानीय र मन्दिरका पुजारीले अशुभ हुन नदिन क्षमापूजा र भाकल गरेका छन्।

स्थानीय महिलाले भने मन्दिरआसपासको क्षेत्र फोहोर भएको र नियमित पूजाआजामा ध्यान दिन नसकेकाले भगवतीलाई पसिना आएको हुनसक्ने बताएका छन्। भगवतीलाई पसिना आएको खबर सुनेपछि मन्दिरमा नाला, बनेपालगायत क्षेत्रबाट सयौं मानिसको भीड लागेको थियो।


annapurnapost.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.