फेसबुककै सहयोगमा ९ वर्षसम्म फरार अपराधिलाई प्रहरीले समात्यो

काठमाडौं,मंसिर १४ – फेसबुकले अपराध बढाएका छन् । तर, त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्राउ गर्न थालेको छ । आफ्नै साथीको हत्या गरेर फरार रहेका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा नौ वर्षपछि पक्राउ परेका हुन् । फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही ८ मंसिरमा पक्राउ गरेको हो । स्रोतका अनुसार फेसबुकमा चिनजान भएपछि भेट्ने बाहानामा सिनामंगल बोलाएर उनलाई पक्राउ गरिएको हो ।



 ०६२ सालमा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । ‘उनी फरार रहेको सूचना पाएपछि हामीले खोजी थालेका थियौं,’ महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्,‘फेसबुकलगायत विभिन्न माध्यमको प्रयोग गरी उनलाई पक्राउ गर्न सफल भएका हौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.