आफू महिलाबाट पटक पटक बलात्कृत भएको यी नायकको खुलासा


 द ट्रान्सफर्मरका स्टार शिया ला बियौफले यो वर्षको सुरुवातमा आफू एक आर्ट ग्यालरीमा महिलाद्वारा बलात्कृत भएको रहस्योद्घाटन गरेका छन् । उनको यो बयानले के पुरुष पनि महिलाद्वारा बलात्कृत हुनसक्छन् भन्ने कुराको बहस सुरु भएको छ ।
एक पत्रकारको प्रश्नमा इमेलमार्फत जवाफ दिँदै शिया ला बियौफले यो कुराको जानकारी दिएका हुन् । उनका अनुसार उनी ग्यालरीमा एउटा पेपर ब्याग आफ्नो टाउकोमा लगाएर त्यहाँ पाँच दिनसम्म बसिरहे र यो दौरान थुप्रै प्रकारका मानिसहरु उनलाई एक–एक गर्दै भेटेका थिए । यसै क्रममा एक महिला आफ्नी प्रेमीसँगै उनलाई आइन् । महिलाले उनलाई भेट्ने बित्तिकै उनी आक्रामक भइन् । ती महिलाले उनको बलात्कार गर्दा उनका प्रेमी बाहिर थिए ।
२८ वर्षीय अभिनेताले बताए अनुसार बलात्कार पछि ती महिला आफ्नो छरिएको कपाल र मुखमा जताततै लागेको लिपस्टिकको साथमा बाहिर निस्कदाँ त्यहाँका सबै मानिसहरु अचम्मित भए । शिया ला बियौफकी प्रेमिका पनि बाहिर नै हुँदा घटना भएको थाहा पाएपछि त्यहाँ तत्काल पुगिन् । घटनाको बारेमा यी अभिनेताले प्रेमीकालाई केहि पनि बताउन नसकेको उनले बताए ।
शियाको भनाईमा कत्तिको सच्चाइ छ, यो कुरा कि त उनलाई अथवा ती महिलालाई नै थाहा होला । (एजेन्सी)

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.