ऐश्वर्या रायमाथि सबैको नजर परेपछि हैरान



मुम्बई । अभिनेत्री ऐश्वर्या रायलाई अहिले आइरहेका फिल्मको अफरले हैरानीमा पारेको छ । उनलाई एउटै फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने समेत अफर आएको छ ।
महिला प्रहरी अफिसरका बारेमा प्रकाश झाले फिल्म ‘गंगाजल–२’ बनाउँदैछन् । उक्त फिल्ममा अमिताभ बच्चनपछि उनकी बुहारी ऐश्वर्यासँग काम गर्न चाहन्छन् ।
पछिल्लो समय एकपछि अर्को फिल्ममा अफर आउन थालेपनि ऐश्वर्याले प्रकाशको फिल्मका लागि आएको प्रस्ताव स्वीकार गर्न सक्ने बताइएको छ ।
अहिले ऐश्वर्या आफ्नो कमव्याक फिल्म ‘जब्बा’ का लागि मेहनत गरिरहेकी छन् । उक्त फिल्ममा उनले एक वकिलको भूमिका निर्वाह गर्दैछिन् ।
पहिलो पटक उनी इरफान खानको साथ देखिएकी छन् । यसपछि उनीसँग रोहित सेठ्ठीको फिल्म छ । जसमा उनी १२ वर्षपछि शाहरुखसँग देखिनेछिन् ।


 http://www.nepalsandesh.com/2014/11/15/109803#sthash.qwtvaDYt.m71mwWp2.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.