सञ्जय दत्तकी छोरीले कारुणिक भावमा बाबा भन्दै पोष्टर समातेपछि ..


बलिउड अभिनेत सञ्जय दत्त यतिबेला जेलमा छन् । पुरानो मुद्धामा उनी हतियार राखेको अभियोगमा जेल सजायँ भुक्तान गरिरहेका छन् ।
तर पनि उनी अभिनित २ फिल्म रिलिज हुँदैछन् । सञ्जय दत्तका छोरा छोरी यतिबेला बाबुलाई देख्न नपाएपनि फिल्म र पोष्टर हेरेर चित्त बुझाउँछन् ।


यस्तै भयो आमिर खान र सञ्जय दत्त अभिनित 'पीके' नामक चलचित्रको रिलिजका क्रममा । गीतको स्क्रिनिङका क्रममा छोरी लिएर कार्यक्रममा आएकी सञ्जय दत्तकी पत्नि मान्यतालाई छोरी सम्हाल्नै कठिन भो । जव उनले बाबुको पोष्टर देखेर पापा पापा भन्दै मुसार्न थालिन् ।

यो चलचित्रमा सञ्जय दत्त पुलिसको भूमिकामा छन् । यो तस्विर अहिले इन्टरनेटमा भाइरल भएको छ । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.