भाउजु भन्थ्यो, पछि उसैले लगिदियोः अर्पण कोइराला

दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि चरीको विगतभन्दा पनि उनको त्रिकोणात्मक प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो । चरी मारिएपछि प्रेमिका खुश्बु ओलीले उनी मारिनुमा पूर्व प्रेमी अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुंगेलको नेक्सस रहेको बयान दिएपछि त्यस विषयले सबैको ध्यान बटुल्यो । यता, कोइराला र ढुंगेलमाथि आरोपको वर्षा भइरहँदा दुई पात्र मध्ये एक अपर्ण कोइराला भने गुमनाम थिए । भारतमा रहेका उनले आफूमाथि लागिएका आरोपबारे धेरै प्रतिवाद नगरेपनि नेपाल आएपछि त्यसबारे बोल्ने बताएका थिए । उनी नेपाल आएको थाहा पाएपछि लामो प्रयासपछि कोइरालासँग रातोपाटीले कुरा गर्ने अवसर मिल्यो । निलो कमिज र जिन्समा उनी बिहिबार ललितपुरको जम्सिखेलको एक रेस्टुरेन्टमा आइपुगे र त्यही भयो उनीसँग कुराकानी ।
करिब आधा घण्टा कुराकानी भयो, तर उनले तस्विर खिच्न भने दिएनन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंशः खुश्बुसँग तपाईंको भेट कसरी भयो ? २००५ मा ‘मिस टिन’को ट्रेनिङ भएको थियो । म नेपालमा बस्थेँ । साथीभाइसँग बाजी ठोकाइ प¥यो, मिस टिन हुनेलाई चाहिं अर्पणले पट्याउन सक्छ कि सक्दैन ? उहाँ मिस टिन हुनु भयो, मैले प्रपोज गरेँ, त्यसपछि सम्बन्ध नजिकियो । पहिलो चोटी कसरी भेट्नु भयो त ? ट्रेनिङ दिन जाँदा खुश्बुसँग भेट भयो । के को ट्रेनिङ्ग दिनुहुन्थ्यो र मिस टिनलाई ? म सुधार गृहमा थिएँ । ड्रग एडिक्सनको बारेमा मिस टिनका प्रतियोगीहरुलाई प्रशिक्षण दिनुपर्ने थियो । कति वर्ष रह्यो तपाईंहरुको सम्बन्ध ? करिब ८ वर्ष चल्यो । तपाईंहरु त बेलायतमा लिभिङ टुगेदरसम्म हुुनुहुन्थ्यो भन्ने चर्चा छ ? हो । सबै भित्री कुराहरु के गर्नु । राम्रो हुँदैन । कसरी बस्नु भएको थियो ? फ्ल्याट लिएका थियौं । फ्ल्याट चाहिं कतिको थियो ? फ्ल्याटको त कुरा छाडौं, फर्निचर मात्रै ३५ हजार पाउण्डको थियो । तपाई आफैले लगेर भर्ना गरिदिएको ? हो, आफैले लगेर भर्ना गरिदिएको । १२ पास हुनुभएको थिएन, त्यही भएर अलि गाह«ो भो । अनि मैले सबै चाँजो पाजो मिलाएर लगेको हुँ । खुश्बुसंग तपाइको पहिलो भेटमा उनको आर्थिक अवस्था कस्तो थियो ? ठीकै थियो २५ लाखको घर किनेको थियो, बल्लतल्ल । वहाँ बाबा पनि भगौडा प्रहरी भन्ने सुनेको थिएँ । अहिले कोलोनीमा बसेको सुनेको छु । सायद पछि सहयोग पाउनुभयो होला नि कतैबाट । खुश्बुले धोका दिनुको कारण के थियो ? धोका दिएको छैन । उहाँलाई अरु कोही मन प¥यो, मलाई पनि अरु कोही मन पर्न सक्छ । धोका दिने कुरै हुँदैन । खुश्वु ओलीलाई तपाईंले धेरै लगानी गर्नु भयो रे नी ? प्रेममा लगानी भइहाल्छ नि, त्यो ठूलै कुरा भएन नी । १३ करोड ७ लाख ऋण छ, अब तिर्छु । यो साथीभाइको सहयोग हो, अहिलेसम्म कसैले मागेका छैनन्, तर तिर्नु पर्छ । एउटा व्यक्तिलाई यति धेरै खर्च ? व्यक्ति होइन, मायालाई गरेको हो । मायालाई यति खर्च गर्न सकिन्न र ? दक्षता हुनेले यति खर्च गर्न सकिहाल्छ नि ! यो त धेरै भयो नि होइन ? धेरै थोरैको कुरै भएन नि । खुश्बुको बर्थ डे को दिन याक एण्ड यतिमा २० लाखभन्दा बढीको पार्टी दिनुभयो भन्ने सुनियो नि ? होला, भयो होला 
। यत्रो खर्च हुँदा थोरै पनि ग्लानी छैन ? छैन, एकरति छैन । ग्लानी सबै मारिसके मैले । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । तपाईं त ड्रग्सको कुलतमा फँसेको मान्छे हुनुहुन्थ्यो रे । खुश्बुले नै फरक ट्रयाकमा लगेको हो त तपाईंलाई ? होइन, म आफै गएको हो । ‘एडभान्स प्रोफेसनल डिप्लोमा इन मेनेजमेन्ट’ पढ्न म आफै गएको हो । नौ महिना ट्रेनिङ गरे, त्यसको सर्टिफिकेट पनि छ । पढ्न जाँदा यताउती ड्रग्समा लागियो । त्यही क्रममा मलाई तीन दिन थुनेको थियो । हयुमन राइट भएको नेशन भएको हुनाले उनीहरुले यस्तो काम गर्नुहुन्न सुध्रिनु पर्छ भन्ने सुझाव दिनुभयो । नेपालीहरु पनि २०÷२२ जना गएका थिए । त्यसबेला माओवादी संकटकाल थियो । म चाहिं त्यसपछि नेपाल नै आएँ । यत्रो लामो सम्बन्ध कसरी अन्त्य भयो छ ? लक्ष्मी नभएर । त्यति बेला मसँग लक्ष्मी भएन उनी छाडेर गइन् । तपाईंमा पो केही कमजोरी थियो कि ? यत्रो वर्षसँगै बस्नुभयो बच्चा पनि भएन । हामीले नेपालमा संगीनी तीन महिने सुई भनेजस्तै एपोवेरा भन्ने सुइ हानियो । त्यो बेलायतमा फ्रिमा पाइन्छ । छाडेर जाँदा केही त असहज भयो होला नि ? छैन छैन, रात गइ बात गइ । तपाई देशबाहिर हुँदै चरीसँग जोडिएको घटना आयो । यसबारे तपाईलाई पहिल्यै थाहा थियो ? पहिले थाहा थिएन । घटनापछि मात्र थाहा भयो । म आफ्नै काममा थिएँ ।  चरी भन्ने नाम दिएको रैछ, नाम त दिनेश अधिकारी हो, उसले मलाइ दाइ भन्थ्यो । म भाइ भन्थेँ । उसको निधन भएछ, दुःख मलाई पनि लाग्यो । चरी प्रकरणमा प्रहरीले तपाईलाई पनि सोध्यो ? छैन, किन सोध्नु ? प्रहरीसँग मेरो कन्ट्याक नै भएको छैन । तपाई र कुमुद ढुंगेलको त नेक्सस छ रे नि ? दरबारमार्गमा हुँदाखेरी सडक बालबालिकाका लागि सहयोग गर्नुप¥यो है दाइ, भनेर लिएर गएको थिएँ, त्यसबेला उहाँले सहयोग गरेर बालबालिकाहरु ल्याइदिनुहुन्थ्यो हाम्रो बालग्राममा । त्यहाँबाट उहाँसँग चिनजान भएको हो । तर चरीलाई मार्नमा अर्पणको हात छ भन्छन् ? कसले के भन्छ, त्यसको मतलवै भएन नी मलाई । कसैसँग सम्पर्क पनि छैन । सम्पर्क गर्दा पनि गर्दिनँ । खुश्बु जीको आठ मिनेटको अन्तर्वार्ता हेरेको थिएँ, त्यति हो । म मुम्बइमा भएको बेला एकजना दिदीले फोन गरेर दिनेश अधिकारीको देहान्त भएछ भनेर जानकारी दिनुभएको थियो । म विवाहको तयारीमा मुम्बइमा थिएँ । खुश्बुसँग मेरो त्यसबेला केटोकेटीले भनेजस्तै ‘कट्टि’ गरिएको अवस्था थियो । म आफ्नो बाटो लागेँ, उहाँ आफ्नो बाटो लाग्नुभयो । तपाईहरुको सम्बन्धमा चरी कसरी आइपुग्यो ? दिनेश अधिकारीको मामा घर रहेछ अनामनगरमा । त्यहाँ एकजना काम गर्ने केटी झुण्डिएर मरी । त्यसको लागि कुरा मिलाउला कि भनेर दिनेशको घरमा पहिलोचोटी हामी गएका थियौं । धादिङतिर बन्द पनि भएको थियो । त्यसबेला विद्या भण्डारीलाई पनि मैले फोन गरेको थिएँ । उहाँले चरीले मिलाइहाल्छ नी भनेपछि खुश्बुलाई लिएर म दिनेशको घरमा गएको थिएँ । त्यसैबेला खुश्बुलाई यो मेरो भाइ हो भनेर चिनाएको थिएँ । पछि, दिनेश अधिकारी भाइलाई पहिलोचोटी गोली लागेर पुलबाट हाम्फाल्दा पहिलो कल खुश्बु ओलीलाई गर्नुभएको रहेछ । त्यस्तो सुन्नमा आयो । त्यसपछि हाम्रो सम्बन्ध बिग्रिन थालेको हो । केपी ओलीलाई पनि मैले चिनाएको हो दिनेश अधिकारीलाई । पछि, केपी ओलीलाई अमेरिका जानेबेलामा आइप्याड चाहिएको रहेछ, मैले किनेर दिएको हो । मैले चरीलाई पैसा दिएँ, चरीले किनेर केपी ओलीलाई दियो । पछि मैले ५१ वटा आइप्याड दिएको छु । तपाईं हुँदा चरी र खुस्बुको सम्बन्ध कस्तो थियो ? खुश्बुलाई भाउजु भनेर खुट्टा ढोग्थ्यो चरीले । मलाई पनि दाइ भनेर खुट्टा ढोग्थ्यो । हेर्दा हेर्दै उसैलाई लगिदियो । खुश्बु र चरी चाहिं कसरी नजिक भए त ? म होटल अन्नपूर्णमा आएर बस्थेँ । पटक पटक दिनेशसँग मसँगै खुश्बुको पनि चिनजान बाक्लियो । विस्तारै मसँग भन्दा चरीसँग पैसा धेरै देखिन् होला खुश्बुले उतैतिर निजिकिदै गइन् । अर्पणले खुश्बुसँग अहिले भित्रभित्रै सम्बन्ध सुधार गरिरहेको छ । भन्ने चर्चा छ नि ? प्रमाणित गरिदिनुहोस् । मेरो अहिले कुनै सम्बन्ध छैन । अब म सम्बन्ध राख्न पनि चाहन्न । आवश्यकै छैन । लगानी त चरीलाई पनि गर्नुभयो नि हैन ? चरीलाई पनि एक डेढ करोडजति लगानी गरियो । चरी प्रकरणपछि तपाईं खुल्ला ढंगले हिडेको पाइन्न नि ? किन हो ? होइन, भर्खर तीन चार दिन त भयो नेपालमा आएको । नेपाल आएपछि विस्तृतमा जवाफ दिन्छु भन्नुभएको रहेछ नि ? मैले दिन पाइनँ, केही घरायसी कामले व्यस्त भएर । के जवाफ थियो त्यस्तो ? म लेख्दै छु । मेरो किताब बिमोचन हुन्छ । जवाफ त्यसैबाट आउँछ । कस्तो किताब लेख्दै हुनुहुन्छ ? मेरो अहिलेसम्मको जीवनी, घटनाक्रम । आमा मसँगै हुनुहुन्छ । विराटनगरमा हुनुहुन्छ । कुनैपनि बेला म बोलाउन सक्छु । सम्पत्ति त सिद्धियो नि आमाले के भन्नुहुन्छ ? सम्पत्ति सिद्धिए पनि छोरा त सिद्धिएको छैन नि । सम्पत्ति त कसले के लिएर आएको थियो र कसले के लिएर जान्छ र ! पछिल्लो समयमा आफ्ना मान्छेहरुसँग सम्पर्क बढाइरहेको छु । उहाँहरुको सहयोगले केही गर्ने सोचेको छु । अहिले फर्पिङमा निवास बनाउँदैछु । घर जग्गै बेचेर खाइदियो भनेर आमा त रुनु भयो होला नि । केही सम्झाउनु भएन ? बच्चामा त सम्झाउन नसकेको अहिले ३० वर्षको छोरालाई के सम्झाउनु हुन्छ । रुनु त भयो नि । तर अहिले भने खुशी हुनुहुन्छ, बल्ल छोरो ट्र्याकमा आयो भनेर । अहिले के व्यवसायमा आवद्ध हुनुहुन्छ ? केही छैन । साथीभाइहरुको सरसहयोग र विश्वासमा आवद्ध छु । भारतको राजस्थान, हैदरावादमा छन् साथीहरु । राजस्थानमा २६ टावर बनाउने साथी छ मेरो । खुश्बुका वरिपरिका मान्छेहरुबाट केही धम्की आएको छैन ? सुनेको छु मैले, कसै कसैले त गएर गोली नै हान्दिन्छु पनि भन्नुभयो रे, हनुमान ढोकामै । अहिलेसम्म त कसैले गोली हान्न सकेको छैन । म सही सलामत छु । नेपालमै टेक्न दिन्न भन्ने पनि सुनेको थिएँ । म यहाँ आएकै यत्रो दिन भइसक्यो । चरीलाई मारेर पुलिसले ठिक ग¥यो भन्ने लाग्छ कि लाग्दैन ? त्यो विषयमा म केही भन्दिनँ । www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.