बिना मल्लिक भन्छिन् ,अब बाँकी जीवन जेलमै बित्ने भो

 मुम्बई / एजेन्सी– पाकिस्तानी अभिनेत्री बीना मलिकले बाँकी जीवन जेलमै बित्न सक्ने आशंका व्यक्त गरेकी छन् । पाकिस्तानी अदालतले २६ वर्ष जेल सजाय सुनाएको घटनाले निकै दुखित बनाएको छ, उनलाई । ‘२६ वर्ष भनेको त अब मेरो बाँकी जिन्दगी हो, अदालतले भनेजस्तो भयो भने मेरो बाँकी जीवन जेलमै बित्नेछ,’ बीनाले भनेकी छन् ।

टेलिभिजन च्यानलबाट प्रसारित कार्यक्रमका विषयमा यति ठूलो सजाय मान्य नहुने बीनाको भनाइ छ । उनी भन्छिन्, ‘टेलिभिजनबाट प्रसारित कार्यक्रमको विषयलाई हामीले चाहेर पनि नियन्त्रण गर्न सक्दैनौं, हामी त त्यस कार्यक्रममा सामान्य हिस्सा मात्रै हौं ।’





डिसेम्बरको पहिलो हप्ता पाकिस्तान जाने योजनामा रहेकी बीना अहिले द्विविधामा छिन् । केही महिनाअघि मात्रै सर्जरी गरेर बच्चा जन्माएकी बीनाले अदालतको यो निर्णय सुनेर आफू अचम्मित भएको बताइन् ।

आफूलाई निर्दोष दाबी गर्ने बीनाले पाकिस्तानमा अस्पताल बनाउने योजना भएको भन्दै अदालतको निर्णय आएपछि पाकिस्तानसँग भावनात्मक सम्बन्धटुटेको बताइन् ।अदालतले केही दिनअघि मात्रै पाकिस्तानको सबैभन्दा ठूलो मिडिया समूह जियो टिभीका मालिक मिर सकुलर रहमानलाई पनि २६ वर्ष जेल सजाय सुनाएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.