कन्डम छाडेर इकोन, आइपिल लगायतका औषधि सेवनले एड्सको बिगबिगी

गोरखा । कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी संक्रमणको जोखिम बढेको छ। औषधिले गर्भ बस्न रोके पनि एचआईभी र यौनजन्य रोग सर्नबाट रोक्दैन।
स्वास्थ्यका लागि खतरा र आर्थिक रूपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।
अहिले गोरखामा एक सय ५३ एचआईभी संक्रमित छन्। औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमबिना यौनसम्पर्क रा दा यो सं या बढ्ने देखिन्छ।
औषधि व्यवसायीका अनुसार अविवाहित किशोरकिशोरीले गर्भनिरोधक औषधि बढी किन्ने गरेका छन्। इकोन, आइपिल, अनवान्टेड, ई ७२, म्याक्स ७२, एमटीपी, प्रिग्नो, एमटिपिल्सलगायत गर्भनिरोधक औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको औषधि व्यवसायीको भनाइ छ।



आफूले गर्भनिरोधक औषधिको सट्टा यौनसम्पर्क रा दा कन्डम प्रयोग गर्न सम्झाउने गरेको उनले बताए। कन्डमभन्दा औषधि किन्न र प्रयोग गर्न तथा फ्याँक्न सजिलो हुने भएकाले यसतर्फ आकर्षण बढेको उनी बताउँछन।

गोरखाबजारमा रहेका १० वटा औषधि पसलको तथ्यांकअनुसार दैनिक ८० जनाभन्दा बढीले गर्भनिरोधक औषधि किन्छन्। होटेल, पार्क, आर्मी ब्यारेकनजिकका औषधिपसलबाट यस्तो औषधि बढी बिक्री हुन्छ।

प्रवेशिका परीक्षा तथा क्याम्पसमा परीक्षा चलेका बेला सदरमुकाममा यस्ता औषधिको व्यापार बढ्ने गरेको औषधि व्यवसायीको अनुभव छ। गर्भनिरोधक भनेर सेवन गरिने औषधि व्यवस्था विभागमा दर्ता नभएका कतिपय औषधि पनि छन् ।  आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.