आलोकको श्रद्धान्जलीमा भक्कानिए सेलिब्रेटी (भिडियोसहित)



काठमाडौं, कार्तिक २१ । आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका नेपाली म्यूजिक भिडियो तथा चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शवमा अन्तिम श्रद्धान्जली गरिएको छ । निर्देशक नेम्वाङलाई अन्तिम श्रदान्जली दिन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत नेपाली कलाकारहरु पुगेका थिए ।

श्रद्धान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा आजै अन्त्येष्टी गरिनेछ ।

भुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सुसाइड नोटको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनको शवको शुक्रबारै पोस्टमार्टम गरिएको थियो ।

निर्देशक नेम्वाङले कुकुर बढी मन पराउने गरेको उनको पारिवारीक स्रोतको भनाइ छ ।

बिहीबार बेलुकी ८ बजे धापासीस्थित ‘ग्रान्डी भिल्ला’मा रहेको आफ्नै अपार्टमेन्टको भर्‍याङमा झुन्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।

अमेरिकामा पढेर आएपछि आलोकले इमेज च्यानलबाट आफ्नो कामको सुरुआत गरेका थिए । १७ वर्ष अगाडि नेम्वाङले पहिलोपटक ‘लाखौंपटक मैले कोसिस गरें’ बोलको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नवीन के भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।

निर्देशक आलोकले पहिलोपटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको तेस्रो चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ ।

imagekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.