भर्खरैको ताजा अपडेट : राजधानीको सडक ४ दिन बन्द रहने ..........
काठमाडौं । सार्क शिखर सम्मेलनका बेला चार दिनसम्म उपत्यकाका मुख्य सडक दिनभरिजस्तै बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।
सम्मेलनको विस्तृत कार्यक्रम तय भइनसकेकाले ट्राफिक व्यवस्थापनबारे विस्तृत योजना बनिसकेको छैन् ।
ट्राफिक प्रहरीका अनुसार सम्मेलन सुरु हुने अघिल्लो दिन ९ मंसिरमा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु आउने भएकाले सो दिन विमानस्थलदेखि सोल्टी होटलसम्मको बाटोमा बन्द हुनेछ ।
राष्ट्रप्रमुखहरु बिहानदेखि बेलुकासम्म आउने भएकाले सडक दिनभरजस्तै खाली बनाउने ट्राफिक प्रहरीले जनाएको छ ।
सम्मेलन हुने दुई ११ र १२ मंसिरमा पनि सोल्टी होटलबाट राष्ट्रिय सभागृहसम्म जाँदा कम्तीमा दुई घन्टा सडक खाली हुनेछ ।
रत्नपार्कलगायतका क्षेत्र लामो समय खाली बनाइँदा त्यसको असर उपत्यकाको सम्पूर्ण ट्राफिक व्यवस्थापनमा पर्ने छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
0 comments
Write Down Your Responses