मानिसहरु किन नङ टोक्छन् ?

यसले मानिसको हातको स्वरुपलाई नै खराब बनाइदिन्छ । यो स्वस्थकर बानी पनि होइन र धेरै भयो यसले तपाईंलाई दुख्न पनि सक्छ । तर पनि मानिसहरु यस बानीलाई त्याग्न सक्दैनन् । आखिर किन मानिस नङ टोक्छन् ?

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनदेखि ब्रिट्नी स्पेयर्स सबैलाई नङ टोक्ने बानी छ । मनोविज्ञानका चिकित्सकहरुले यसलाई इम्पल्स कन्ट्रोलको समस्या भनेर व्याख्या गरेका छन् । मानिसको मस्तिष्क र मनोभावसँग यो बानीलाई उनीहरु जोड्ने गर्छन् । मानिस कहिले उत्साहित हुँदा वा व्यग्र हुँदा नङ टोक्ने गरेको पाइएको छ । अहिले लगभग ४५ प्रतिशत युवाहरुलाई यो बानी रहेको छ । यसमध्ये आधालाई त डाक्टरसँग सल्लाह गर्नुपर्ने स्थितिमा पुगेका छन् ।

धेरैले यसका लागि आमालाई पनि दोष दिन्छन् । जस्तै बाल्यकालमा बच्चाहरुलाई कम खुवाएमा वा स्तनपान धेरै गराएमा वा आमासँग राम्रो सम्बन्ध नभएको खण्डमा यस्तो बानी लाग्ने बताउँछन् । यसबाट नङ टोक्ने बानी मात्र नभएर, धुम्रपान गर्ने, रक्सी खाने वा मुख मैथुन मनपराउने सम्मका बानी मानिसमा देखा पर्छ । यो सिगमण्ड फ्रायडको सिद्धान्तसँग पनि मेल खान्छ । नङ टोक्ने मानिसहरु बढी रक्सी खान्छन् भन्ने सिद्धान्त पनि एक पटक आएको थियो । तर यसबारे त्यति धेरै प्रमाणहरु भने फेला परेको छैन ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.