यस्तो थियो नेपाली कांग्रेसको चिया पान समारोह ’ (भिडियोसहित)

काठमाडौं, आश्विन २१ । प्रमुख दलका शिर्ष नेताहरुले जसरी पनि माघ ८ गते संविधान जारी हुने प्रतिबद्धता जनाएका छन । नेपाली कांग्रेसले दशै–तिहार तथा छठका अवसरमा आयोजना गरेको चियापान समारोहमा बोल्दै दलका शिर्ष नेताहरुले सहमतिका लागि पहिलो जोड रहने र सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने बताएका छन ।

नेपालीकांग्रेस र एमालेका नेताहरुले आन्दोलनको साटो संवाद र सहमतिको बाटो रोज्न एकीकृत माओवादी र मधेशबादी मोर्चालाई आग्रह गरेका छन भने एकीकृत माओवादी र मधेशबादी मोर्चाका नेताहरुले आन्दोलनले सहमतिको वातावरण बनाउने दावी गरेका छन ।
चियापान समारोहमा सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले आन्दोलनमा नगइ टेवुलमा बसेर छलफल गर्न एकीकृत माओवादी सहितका दलहरुलाई आग्रह गरे ।
एकता र मेलमिलापबाटै शान्ती स्थायित्व र संविधान बन्ने भएकाले संवादकै बाटो रोज्न आग्रह गरे । उनले सबै दलले माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता जनाएकाले जसरी पनि संविधान जारी हुने दावी समेत गरे ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अहिलेको समय अन्दोलनको नभई संविधान निर्माणको भएकाले आन्दोलन छोडेर संविधान निर्माणमा लाग्नुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी बढीमा ७ प्रदेशको पक्षमा रहेको बताए ।
उनले अहिलेको आवश्यक्ता ध्रुबीकरणको नभई संवाद र सहमतिको रहेको बताए । अध्यक्ष ओलीले सहमतीका लागि कोशीस गरिने र सहमति नभएपनि संविधान भने जारी हुने बताए ।
एमाले नेता माधबकुमार नेपालले आन्दोलनको बाटो रोज्नु आत्मघाती र राष्ट्रघाती काम हुने टिप्पणी गरे । आन्दोलन गर्नेहरु जनताबाट एक्लीने उनको भनाई छ ।
एकीकृत माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले मुलुभुत बिषयमा सहमति गरेमा अन्य बिषहरु प्रक्रियाबाट टुङ्गाउन सकिने बताए । सहमती नभएमा प्रक्रियामा गएरै भएपनि संविधान भने बन्ने उनको भनाइ छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छेदारले आन्दोलनले सहमतिका लागि एकताको बिन्दु पहिल्याउने दावी गरे  । उनले आन्दोलन सहमती बिथोल्नका लागी भन्दा पनि सहमतीको लागी दबाब दिन गरिने बताए ।
नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका साथै अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु,सभासदहरु,सरकारी उच्च अधिकारीहरु,कुटनितिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय मेलमिलापको नीति अनुसार वीपी कोइरालाले सुरु गरेको चियापानलाई निरन्तरता दिँदै नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसरमा चियापान आयोजना गरेको हो ।
- See more at: http://imagekhabar.com/samachar/detail/41998/61/.shtml#sthash.32d2TUAq.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.