रक्सीले मातेर खरिदारले कार्यलयमा नै बलात्कार गर्ने प्रयास गरेपछि…

खोटाङ, भदौ १३ । सेवाग्राही महिलालाई बलात्कार प्रयास गर्ने जिल्ला प्रशासन कार्यालय खोटाङका एक खरिदारलाई साढे दुई वर्षको कैद सजाय सुनाइएको छ।
राहदानी बनाउन आएकी महिलालाई होटलमा लगेर बलात्ककार प्रयास गर्ने प्रशासनका खरिदार चित्राखर आचार्यलाई आगामी दिनमा कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी अदालतले साढे दुई वर्षको कैद सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले यसअघि उनले पाउने सेवासुविधासमेत नपाउने गरी उनलाई कैद सजाय सुनाएको श्रेस्तेदार भीष्म भट्टराईले जानकारी दिनुभयो ।
कैद सजाय सुनाइएका आचार्यको कागजात मिलाउने काम भइरहेको छ, सकिनासाथ प्रहरीलाई खबर गरेर कारागार पठाइनेछ।
गत जेठ ५ गते राहदानी बनाउन जिल्ला प्रशासन आएकी एक महिलालाई उनले कार्यालय समयमै स्थानीय लाक्पा होटलमा लगेर बलात्कार प्रयास गरेका थिए।
बलात्कार प्रयासपछि पीडित महिलाले सोही दिन दिएको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
महिलाले दिएको जाहेरीको आधारमा अदालतले आचार्यलाई रु ४० हजार धरौटी लिएर २५ दिनपछि तारेखमा छाडेको थियो।
धरौटी बुझाएर रिहा भएका आचार्य हालसम्म कार्यालयमा हाजिर भने भएका छैनन्। कार्यालय समयमै मादक पदार्थ सेवन गरेर हिँड्ने आचार्य दिक्तेल नगरपालिका–३ का हुन्। रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.