चोरी निकासीले संकटमा चिप्लेकिरो
१३ भदौ, म्याग्दी । जिल्लाको शिख गाविस-६ स्थित खोप्रा लेकक्षेत्रमा चोरी निकासी बढेपछि चिप्लेकिरा लोप हुने अवस्थामा पुगेको छ ।
जथाभावी सङ्कलन गरी अवैध निकासी हुने क्रम बढेपछि एकदशकअघि जताततै भेटिने चिप्लकिरा अहिले भेटिनै मुस्लिक परेको हो । पाँच वर्षअघिसम्म प्रसस्तै भेटिने चिप्लेकिरा अहिले देखिन छाडेको स्थानीय अगुवा भीम पुनले बताए ।
स्थानीयवासीमा चिप्लेकीराको महत्वबारे जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेका हुन् । म्याग्दीका विकट ग्रामीण बस्तीहरुसम्म पुगेर पूर्वी नेपालबाट आएका मानिसले चिप्लेकिरा सङ्कलन गरेर लैजाने गरेको स्थानीय पाउद्धार माविका शिक्षकसमेत रहेका पुनले बताए ।
नचिनेका मानिसको समूहले हप्तौसम्म चिप्लेकिरा सङ्कलन गरेर सुकुटी बनाई लैजाने गरेको खोप्रास्थित सामुदायिक लजका कर्मचारी भक्तबहादुर पुनले बताए ।
चिप्लेकिरा सङ्कलन नगर्न सचेत गराउँदा धम्की दिने गरेको उनको गुनासो छ । खैरो र सुनौलो रङको चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको, चोटपटक लागेको निको हुने र शारीरिक फूर्ति बढ्ने विश्वास छ । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses