गुगल बन्द भएपछि दुनियाँभरी हाहाकार
लोकप्रिय सर्च इन्जिन गुगलका विभिन्न सेवा बन्द हुँदा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।
गुगलका गुगल प्लस, ह्याङआउट र गुगल टक जस्ता सेवाहरु बन्द भएपछी सेवाग्राही मर्कामा परेका हुन् । गुगलका प्रयोगकर्ताले संसारभरी यस्तो झन्झट ब्यहोर्नु परेको बताइएको छ । गुगलका अनुसार यसका ८ सेवामा समस्या आएको छ ।

सबैभन्दा बढी समस्या गुगल प्लसमा छ । गुगल टक र ह्याङआउटमा मात्र नभएर यू ट्यूवमा कमेन्ट गर्न समेत समस्या भैरहेको छ ।
गुगलले आफ्ना सेवामा समस्या आएको स्वीकार गरेको छ ।
0 comments
Write Down Your Responses